तराईलाई टुक्राउने अभियान चलाएर पक्राउ परेका सिके राउतले प्रहरी हिरासतमै थालेको अनसन तोडेका छन्।
राउतले आफुलाई सरकारले कारण विनै पक्राउ गरेको र रिहा गर्न माग गर्दै १० दिन देखी अनसन बसेका थिए।
सरकारको आग्रहमा उनले अनसन तोडेका हुन्। राउतलाई अनसन तोडाउन सुचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजाल, कृषिमन्त्री कृषिमन्त्री हरिप्रसाद पराजुली र कांग्रेस नेता रामचन्द्र पौडेल शिक्षण अस्पताल पुगेका थिए।
मन्त्री द्वयको लिखित पत्र पाएपछि राउतले अनसन तोडेका हुन्।
‘आमरण अनसनमा रहनुभएका सीके राउतलाई आफ्नो जारी अनसन तोड्न अनुरोध गर्दछौँ’ पत्रमा उल्लेख छ, ‘नेपालको अन्तरिम संविधानद्वारा प्रदत्त अभिव्यक्ति स्वतन्त्रता र नागरिक हक सम्मान गर्ने कुरामा सरकार सधैँ प्रतिबद्ध छ।’
असोज ५ गते देखि उनी अनसन बसेका थिए। सरकारले अनसन तोड्न आग्र गरि पत्र लेखेपछि उनले अनसन तोडेका हुन्। अनसन बसेपछि स्वास्थ्य उपचार खराब भएका कारण उनलाई टिचिङ अस्पतालमा उपचारार्थ लगिएको थियो। उनले अस्पतालमै अनसन तोडेका छन्।
विषेश अदालतले पछिल्लो पटक उनलाई १४ दिन थुनामा राख्ने आदेश दिएको थियो। सर्वोच्चमा उनले आफुलाई गैरकानुनीरुपमा पक्राउ गरेको भन्दै दिएको बन्दी प्रत्येक्षीकरण रिट पनि खारेज भएको छ।
तराई छुट्टाउने गरि अभिव्यक्ति दिदै हिडेको भन्दै प्रहरीले उनलाई भदौ २९ मा उनलाई मोरङको रंगेलीबाट पक्राउ गरेको थियो।
फोटो :प्रसान्त झाको ट्वीटरबाट