छोराको हत्यामा संलग्नलाई कारबाही माग गर्दै ३३२ दिनदेखि अनसनरत नन्दप्रसाद अधिकारीको केहीबेर अघि ५ बजे निधन भएको छ।
उनीसँगै अनसरन बसिरहेकी धर्मपत्नी गंगामायाको अवस्था पनि चिन्ताजनक छ।
माओवादीले चितवनमा २०६१ सालमा हत्या गरेको छोरा कृष्णप्रसादको हत्यारालाई कारबाहीको माग गर्दै अधिकारी दम्पत्ति यसअघि पनि ४७ दिन अनसन बसेको थिए।
गोरखा फुजेलका अधिकारी दम्पतीका छोरा १७ वर्षीय कृष्णप्रसादलाई तत्कालीन नेकपा माओवादीले अपहरण गरी २४ जेठ २०६१ मा चितवनको बकुलर चोकमा हत्या गरेका थिए ।
शरीरमा शक्ति दिन पाइप लगाएर नसामार्फत दिइएको पोषण पनि अधिकारीको शरीरले लिन सकेको थिएन। अस्पतालले साउन ९ गते अधिकारी दम्पत्तिलाई बचाउ नसकिने बताइसकेको थियो।
छोराको हत्यारालाई सजाय दिलाउँन प्राण नै त्याग्न तयार भएका दम्पत्तिको अनसन तोडाउन नसकेर सरकार लाचार सावित भएको छ।
अधिकारी दम्पत्तिको स्वास्थ्यका लागि लामो समयदेखि सक्रिय मानवअधिकार कर्मी कनकमणि दिक्षीतका अनुसार दिउँसो चार बजेदेखिनै नन्दप्रसाद टोलाउन थालिसकेका थिए।
'उहाँको शरीरमा अस्थिपञ्जरमात्र बाँकी थियो,' उनले भने, 'न्याय र आस्थाका एउटा योद्धाको अवसान भएको छ।'
अस्पतालमा सुवोध प्याकुरेल, सुदीप पाठक र रचना ढकाल पनि दिक्षितसँगै थिए। उनीहरूले आज पनि अनसन तोड्न आग्रह गरेका थिए। तर, नन्दप्रसादले कुनै प्रतिक्रिया दिएनन्।
कृष्णप्रसादको हत्यादेखि नन्दप्रसादको अनसनसम्मको कथा यस्तो छ।