पोखरा विश्वविद्यालयको रजिष्टार डिनको कार्यालयमा तोडफोड भएको छ। पोखरा विश्वविद्यालयमा पढाउदै आएका ८० उपप्रध्यापक र ६ जना कर्मचारीलाई निस्कासन गरेको विरोधमा उनिहरुले विश्वविद्यालयमा तोडफोड गरेका हुन्।
तोडफोडबाट विश्वविद्यालयमा रहेको रजिष्टार, डिन र अन्य कार्यालयमा भित्र रहेका तथा विहिरका सामानहरु तोडफोड गरेको हुन्। तोडफोडबाट विश्वविद्यालयको फोटोकपि मेसिन २ वटा, कम्प्युटर १, टेवलको सिसा ५, झ्यालका सिसा, सोफा र फुलका गमला तोडफोड गरेका छन्। तोडफोडमा उत्रिएका उपप्रध्यापक तथा विद्यार्थीहरु र प्रहरी विच झडप समेत भएको थियो।
तोडफोडबाट कति क्षती पुग्यो भन्ने बारेमा जानकारी आइनसकेको प्रहरीले बताएको छ। करार शिक्षक तथा कर्मचारीलाई असोज २ गते बसेको विश्वविद्यालय कार्यकारी परिषद्को बैठकबाट भदौ सम्मको तलव दिएर निस्कासन गर्ने निर्णय गरेको थियो। आफुहरुलाई कुनै बहाना बनाएर हटाउन नपाईने शिक्षक योगराज लामिछानेले बताए। उनले निणर्य फिर्ता नलिए भोली देखि आन्दोलनलाई अझ संसक्त बनाउने बताए।