नेपाली काँग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेलले कार्यकारी प्रमुख प्रधानमन्त्री बनाउने विषयमा दलहरुबीच लगभग सहमती भएकेा बताएका छन्। उउनले प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुने समेत बताए।
नेपाली काँग्रेस चितवनका सचिव सुनिल श्रेष्ठको निधन भएको आज १२औं दिनको तिथीमा भएको कार्यक्रममा उनले यस्तो बताएका हुन्।
शासकीय स्वरुपका विषयमा संसदप्रति उत्तरदायी कार्यकारी प्रमुख प्रधानमन्त्री बनाउने र संवैधानिक राष्ट्रपति बनाउने कुरामा लगभग हाम्रा विचमा सहमती भैसकेकेा छ, उनले भने।
उनले निर्वाचन प्रणालीको बारेमा प्रतिनिधिसभा प्रत्यक्ष र राष्ट्रिय सभा समानुपातिक निर्वाचनका आधारमा हुने जानकारी दिए। सिमित अधिकार र सिमित समयका लागि संवैधानिक अदालत बनाउने सहमती भएकेा उनले खुलाए। ६,७ वटा प्रदेश राख्ने विषयमा सहमती हुने देखिएको उनले बताए। बाँकी विवादीत विषयमा १४ गतेभित्रमा टुंगिने उनको भनाई छ।
विपक्षि दलहरुले विकासका कार्यक्रम ल्याउने बेलामा गरेको संरद अवरोधको कुनै औचित्य नभएको उनले बताए। माग पूरा भैसकेका बेला अवरोध गर्नु नहुनेमा उनले जोड दिए। अव नयाँ संविधान दिएर देशलाई विकासतर्फ अग्रसर गराउनुपर्नेमा उनले जोड दिए।