संघिय समाजवादी पार्टी नेपालका अध्यक्ष अशोककुमार राईले संघियता मधेश आन्दोलनबाट आएको उपलब्धि भएकोले उपहार भएको बताएका छन्।
राईले शनिबार मोरङको पथरीमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मधेशले सिङगो नेपाललाई संघियता उपहार दिएको बताएका हुन्।
पथरीको स्थानीय गुरुङ गुम्बामा आयोजित भेलालाई सम्बोधन गर्दै अध्यक्ष राईले नेपाली कांग्रेस र नेकपा एमालेले टाउको गनेर संबिधान जारी गर्न खोजे युद्ध हुने बताए।
एनले दोस्रो संबिधानसभाको निर्बाचन धाँधली पूर्ण भएकोले जादुगरले जादु देखाए जस्तो पाराले कांग्रेस एमालले जनताको मत लुकाएर चुनाब जितेको आरोप लगाए।
उनीहरुले जनाधिकार नभई मताधिकार मात्र पाएकोले सहमतीको आधारमा मात्रै संबिधान जारी गर्नुपर्ने बताए।
टाउको गनेर सरकार बनाउने सिद्धान्त रहेकाले संबिधान जारी गर्न नसकिने बताउँदै एमाले र कांग्रेसले गर्दा देश बिग्रदै गएकोले चाडै आन्दोलनको आदिहुरी सृजना गर्नका लागि तयारी रहन कार्यकर्तालाई निर्देशन दिए।
अर्को एक फरक प्रसंगमा नेता राईले जनयुद्ध माओवादी एक्लैले लडेको संघियता मधेश एक्लैले लडेको थारुहट आन्दोलन थारु एक्लैले लडेको स्मरण गराउँदै यदि पहिचान सहितको संघियता संबिधान सभाबाट घोषणा नभएमा यी सबै शक्तीहरु एक ठाउँमा भएकोले सोच बिचार गरेर मात्रै काम गर्न कांग्रेस एमालेलाई अनुरोध गरे।
संघिय मोर्चा पहिचान सहितको संघियता र संविधान जारी भईन्जेल सम्मको लागि भएकोले कमजोर सोचेर पेल्ने काम भए ठीक नहुने बताए।
सोही कार्यक्रममा केन्दीय सदस्य लोकसागर साम्बाले अर्न्तराष्ट्रियहरुबाट सिकेर नेपालीलाई सिकाउनु पर्ने बताउँदै जनताको आसा अपेक्षा र भरोसा भएका नेताहरुले काम नकटेकोले नया शक्तीको रुपमा संघिय समाजबादी पार्टीको स्थापन भएको बताए।
तस्विरः गोपाल काफ्ले