सरकारले सशस्त्र प्रहरीका तीन डिआइजीलाई एआइजीमा बढुवा गरेको छ। बढुवा पाउनेमा प्रकाश ओझा, सिंहबहादुर श्रेष्ठ र प्रेम शाही छन्।
सशस्त्रमा केही समययता रिक्त रहेको एआइजी पदमा बिहीबार बसेको मन्त्रिपरिषदले गरेको बढुवा प्रस्तावलाई शुक्रबार दिउँसो हस्ताक्षर भएको हो।