अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन अनेरास्ववियूले हालै काठमाडौंमा सम्पन्न केन्द्रिय कमिटिको तेश्रो पुर्ण बैठकको निर्णय आज सार्वजनिक गरेको छ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै यूनियनले गत भदौ ३० र ३१ गते त्रिभूवन विश्वविद्यालय किर्तिपुरमा बसेको केन्द्रिय कमिटिको तेस्रो पूर्ण बैठकले गरेका महत्वपुर्ण निर्णयहरु सार्वजनिक गरेको हो। युनियनका अध्यक्ष किशोर विक्रम मल्लले बैठकले गरेका विभिन्न ११ वटा महत्वपूणृ निर्णयहरु पढेर सार्वजनिक गरेका छन्।
बैठकले आगामी दिनमा अनेरास्ववियू मुलभूत रुपमा सामूदायिक आन्दोलनमा मात्रै केन्द्रित हुने, विना सर्त तत्काल स्ववियूको निर्वाचन गराउनुपर्ने, संगठन निर्माण एवम सुदृढिकरणको अभियान सञ्चालन गर्ने, घर फर्क अभियान अन्तर्गत पुरानो घर फर्किएकाहरुलाई नयाँ जिम्मेवारी दिने, संगठनको सकारात्मक प्रचार प्रसारका लागि सोसियल मिडियाको भरपुर प्रयोग गर्ने लगायतका महत्वपुर्ण निर्णय गरेको संगठनका अध्यक्ष किशोर विक्रम मल्लले जानकारी दिएका छन्।
त्यस्तै बैठकले विभिन्न महत्वपूर्ण प्रस्ताव समेत पारित गरेको संगठनका अध्यक्षले जानकारी दिएका छन्। बैठकले संगठनका सचिवालय सदस्य अमृता वराल सवारी दुर्घटनामा परि गम्भीर घाईते भएकोमा शिघ्र स्वास्थ्यलाभको कामना गरेको छ भने एमाओवादीका नेता क. पोष्ट बहादुर बोगटीको असामयिक निधनप्रति दुःख व्यक्त गरेको जस्ता महत्वपूर्ण प्रस्ताव पारित गरेको पनि मल्लले जानकारी दिएका छन्।
कार्यक्रममा सम्बोधन भने यूनियनकी महासचिव नविना लामाले गरेकी थिईन्।