नेकपा–माओवादी पर्वतले निर्वाचन क्षेत्रिय स्तरमा पनि भारतसँग गरिएको जलश्रोत सम्वन्धी सम्झौता जलाएको छ।
पर्वतको निर्वाचन क्षेत्रनः २ काभगँरा, रानीपानी र हुवासमा पिटिए र पिडिए सम्झौता जलाएको हो। भारतको जिएमआर कम्पनीसँग सरकारले संविधान सभाको आखा छलि चोरबाटोबाट सम्झौता गरेकोले विरोध गर्दै उक्त सम्झौता जलाएको ईलाका न ८ का ईन्चार्ज ढक बहादुर क्षेत्रीले बताए।
नेपालको जलश्रोतमा भारतीय एकाधिकार कायम गर्न खोजीएको भन्दै क्षेत्रीले नेपालका नेताहरुलाई भारतले खरिद गरिसकेको र अब उनीहरुमा नेपालीपना हराउँदै गएको आरोप समेत लगाए।
त्यस्तैे हुवास र रानीपानीमापनि सम्झौता राष्ट्रघाती भएको बत्ताहरुले बताए। नेकपा–माओवादीले नेपाली जनताको आँखामा छारो हालेर सरकारले एकलौटी रुपमा गरेको भन्दै यस्तो असमान सन्धीले नेपाली जनतालाई अपमान गरेको समेत आरोप लगाएको छ।