संविधानसभाको बुधबारको दोस्रो बैठकमा संबैधानिक राजनीतिक संवाद तथा सहमति समितिको प्रतिवेदनमाथिको छलफल जारी रह्यो। पहिलो बैठकमा पूर्व सभासद एवम् एमाओवादी नेता पोष्टबहादुर बोगटीको निधनप्रति शोकप्रस्ताब पारित गर्दै १५ मिनेटका लागि स्थगित गरिएको थियो।
दोस्रो बैठकमा बोल्दै सभासदहरूले यस्तोध धारणा राखेका छन्।
विष्णुप्रसाद पौडेल (एमाले)
हामी इतिहासकै जटिल र कठिन मोडमा आइपुगेका छौ। धेरै प्रयासका बाबजूद पाहिलो संविधानसभा विफल भइ दोस्रो संविधानसभामा उपस्थित छौ। हामीले कसैको दबाबमा नभइ आफैले माघ ८ गते संविधान जारि गर्ने प्रतिबद्धता व्यक्त गरेका थियौ। तर, अहिले यसमा प्रश्नको घेरामा उभिएका छौ। तर हामीले कुनै पनि बहानामा यो मितिभन्दा पर जानु हुदैन। विगतमा जुन कारणले संविधान निर्माण हुन सकेन त्यी विषयमा हामी अहिले पनि सहमति निमार्ण गर्न सकिरहेका छैनौ।
हामीले सविधानसभाबाट संविधान बनाउने हो भने पनि अब हामीसँग धेरै समय छैन। अब हामीले छलफलमा मात्रै समय खर्चने होइन अब निर्णयतर्फ अगााडि बढ्नु पर्छ। अब सभाले समितिलाई निश्चित समय दिएर सहमति हुन सक्छ भने सहमति गर्नु पर्छ र भएन भने नियमावलीले तय गरेको प्रक्रियाबाट भएपनि संविधान निर्माण गर्नुपर्छ।
अइन्द्रसुन्दर नेम्वाङ (नेकपा माले)
अब संविधानसभाभित्र र बाहिर रहेका राजनीतिक दलहरुबीच सहमति कायम गर्न हिजो हुने भनिएको सर्वदलीय राजनीतिक सम्मेलन हुन नसकेपछि थप आशंका उब्जाएको छ। अब निर्धारित समयमा संविधान निर्माण गर्न सबैपक्ष लचिलो भएर निश्चित समयसिमाभित्र सहमति कायमगरी अगाडि बढ्नु पर्छ।
हरिबोल गजुरेल एमाओवादी
अघिल्लो संविधानसभामा जुन विषयमा असहमति थियो त्यी विषय अहिले पनि उहि अवस्थामा छन्। हिजोको सर्वदलीय राजनीतिक सम्मेलनको स्थगनले पनि दलहरुबीच सहमतिमा संविधान बन्छ भन्ने आशालाई निराश बनाएकेा छ।
अब दलहरुले सहमतिमा समयमै संविधान बनाउन सकिएन भने सबै दलहरु असफल हुने छन्।
प्रक्रियाबाट गर्ने नाममा आन्दोलनकारी शक्तिहरुबीच सहमति हुन नसके जनताले संविधान बनेपनि स्विकार्ने छैनन। प्रक्रियामा जादा दलहरु एक ठाउमा उभिएर अगाडि जानुपर्छ।