नेकपा माओवादी सहित संविधान सभामा नभएका दलहरुसहित गर्ने भनिएको सर्वपक्षीय सम्मेलन नहुने भएको छ।मोहन वैद्य नेतृत्वको नेकपा माओवादीले सम्मेलन अघि प्रमुख दलसँग सहमति नभएको भन्दै सम्मेलनमा भाग नलिने भएपछि अरु दल पनि यसका लागि उत्साहित नदेखिए पछि सम्मेलन स्थगित भएको हो।
नेपाली कांग्रेसका उप-सभापति रामचन्द्र पौडेलले भने, 'उहाँहरू आउनुभएन अब सम्मेलन हुन्न', उनले अगाडि भने,' अब भन्न सकिन्न यस्तो हुन्छ कि हुन्न।'
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आज बिहान ९ बजेदेखि सम्मेलन तय गरिएको थियो। संविधान सभामा भएका र नभएका गरि ५१ दल सहभागी हुने अनुमान गरिएको थियो।