युवा संघ अध्यक्ष एवम् उद्योग मन्त्री महेश बस्नेतले एमाले बरिष्ठ नेता झलनाथ खनाल र उपाध्यक्ष एवम् उपप्रधानमन्त्री वामदेव गौतमका छोराहरूलाई सिधै केन्द्रीय सदस्यमा नियुक्त गरेका छन्।
विदेशका नामी विश्वविद्यालयमा पढेर संगठनमा खासै नभिजेका यि दुई नेता पुत्रले सिधै महत्वपूर्ण जिम्मेवारी पाएका हुन्।
झलनाथका छोरा निर्भिक सोमबार केन्द्रीय सदस्य मनोनित भएका हुन् भने वामदेव पुत्र हरिषलाई केही दिन अघि नै ल्याइएको हो।
एमाले भित्रै अनपेक्षित रूपमा मन्त्री नियुक्त भएका बस्नेत नेतृत्वको एमाले भातृ संगठनबाटै नेता पुत्रले राजनीतिमा प्रवेश गर्नुलाई एमाले वृत्तका कतिपय नेताले संयोग मात्र ठानेका छैनन्।
यसलाई नेता पुत्रहरूको उदयको रूपमा लिइएको छ।