एकीकृति माओवादी नेता डा. बाबुराम भट्टराईले सरकारले सीके राउतलाई पक्राउ गरेर गम्भीर गल्ती गरेको आरोप लगाएका छन्। भट्टराईले राउतलाई तत्काल रिहा गर्न माग गर्दै आइतबार साझ ट्विटरमार्फत यस्तो प्रतिक्रिया दिएका हुन्।
भट्टराईले ट्वीट गर्दै भनेका छन्(‘सी के राउतको विचारसँग हामी सहमत हुन सक्दैनौं तर, उनलाई गिरफ्तार गरेर सरकारले गम्भीर गल्ती गरेको छ। उनलाई तुरुन्तै रिहा गरियोस्।’
यसअघि पद्मरत्न तुलाधर, दमननाथ ढुंगाना लगायतले विज्ञप्ति जारी गरेर राउतलाई रिहा गर्न गरेका थिए। मधेसलाई नेपालबाट अलग गर्नुपर्छ भन्दै अभियान चलाएका राउतलाई प्रहरीले मोरङबाट पक्राउ गरेको थियो।