भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जापान भ्रमणका क्रममा जापानी सम्राट अकिहितोलाई चर्चित हिन्दू धर्मग्रन्थ गीता उपहार दिएका छन्।
जापान भ्रमणका क्रममा ८१ वर्षीय अकिहितोलाई मोदीले गीता दिएका हुन्। 'मसँग गीताबाहेक अर्को अमूल्य उपहार थिएन, यो संसारले पाउने अर्को बहुमूल्य उपहार पनि कुनै हुन सक्दैन,' मोदीले सञ्चारमाध्यमसँग भनेका छन्।