प्रमुख तीन दल कांग्रेस, एमाले, एमाओवादीले नेकपा-माओवादीसँग अहिले छलफल गरिरहेका छन्।
छलफल प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ। बैठकमा चारै दलका शीर्ष नेताहरु सहभागी भएका छन्। एमाओवादीले संविधान निमार्ण प्रक्रियामा नेकपा-माओवादीलाई पनि ल्याउनुपर्ने माग राखेपछि सत्तारुढ दुई दलले छलफल सुरु गरेका हुन्।
नेकपा-माओवादीले राजनीतिक निकासका लागि सर्वपक्षीय सम्मेलनको माग राख्दै आएको छ ।