एकीकृत नेकपा माओवादीले नेकपा माओवादीले राखेको सर्वपक्षीय राजनीतिक सभा उचित भएको ठहर गरेको छ ।
पार्टी कार्यालय पेरीसडाँडामा सोमबार बसेको पार्टीको वैचारिक व्यवस्थापन समितिको बैठकले नेकपा माओवादीले राखेको माग उचित र वैधानिक भएको ठहर गरेको हो ।
बैठकले नेकपा माओवादीलाई नल्याई संविधान निमार्ण प्रक्रियामा जान नहुने निष्कर्ष निकालेको छ ।
वैचारिक व्यवस्थापन समितिमा वर्षमान पुन, देवेन्द्र पौडेल र विश्वभक्त दुलाल छन् ।
बैठकले राज्य पुनःसंरचना गर्दा १० प्रदेश बनाउनु पर्ने बताएको छ । शासकीय स्वरुपमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीलाई बटमलाइन बनाउने निर्णय बैठकले गरेको छ ।