सभासद मनोनयनमा विवाद भएपछि एमालेको पदाधिकारी बैठक अहिले सिंहदरबारमा बसिरहेको छ ।
विहान सिंहदरबारमा बसेको भन्दै बैठक साँझ पुन बस्ने गरी स्थगित भएको थियो । सभासद मनोनयनमा अध्यक्ष केपी शर्मा ओलीले छलफल नै नगरी आफूखुसी नेता चयन गरेको माधवकुमार नेपाल समूहले असन्तुष्टि जनाएको छ ।
विहानको बैठकमा नेपाल निकै कडा रुपमा प्रस्तुत भएका थिए । नेपालले अध्यक्ष ओली आफुखुसी चल्ने भए त्यही अनुसार आफूहरु पनि उत्रने चेतावनी दिएका थिए । नेपाल कडा रुपमा प्रस्तुत भएपछि ओली दिल्लीबाट फर्केलगत्तै यस विषयमा छलफल चलाइने कार्यवहाक अध्यक्ष वामदेव गौतमले आश्वासन दिएका थिए ।