नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले हचुवाका भरमा भारतसँग नेपालले ऊर्जा सम्झौता गर्न नहुने बताएका छन् । मध्यपुरथिमि बचत तथा ऋण सहकारी संस्थाको सातौँ वार्षिक साधारणसभाको शनिबार उद्घाटन गर्दै उनले विगतदेखि नै नेपालले भारतलाई रु २ मा बिजुली बेचेर रु ८ मा भारतसँग खरिद गर्ने परम्परा रहिसकेको सन्दर्भ कोट्याउँदै भारतसँग हुने भनिएको ऊर्जा सम्झौताले नेपाललाई कुनै हालतमा फाइदा नहुने बताए ।
सभासद् बिजुक्छेले सरकारको मुख ताक्नेभन्दा पनि सामूहिक रुपमा कृषि, उद्योग सञ्चालन गर्दा बचतको सुरक्षा हुने र रोजगारी पनि वृद्धि हुने भएकाले यसतर्फ ध्यान पुर्याउन सहकारी संस्थालाई आग्रह गरे । रासस