मन्त्रिपरिषद्को बैठकले २६ सभासद मध्ये १८ जनालाई मनोनयन गरेको छ । सिंहदरबारमा शुक्रबार दिउँसो बसेको मन्त्रिपरिषद्को बैठकले कांग्रेस, एमाले र राप्रपा नेपालका नेताहरुलाई सभासदमा मनोनयन गरेको छ। राप्रपा नेपालका तर्फबाट गणेश थापा सभासद भएका छन् । उनी अध्यक्ष कमल थापाका भाइ हुन् ।
मनोनयनमा गरिएका सभासदहरुको नाम यसप्रकार छ ।
नेपाली कांग्रेसको तर्फबाट :
- राधेश्याम अधिकारी-कानुनविद् काठमाडौ,
- शिवबहादुर खड्का-रामेछाप,
- पुष्कर आचार्य-ट्रेड युनियन-मोरङ
- रेशम बानिँया-म्याग्दी,
- शकलदेव सुतिहार-अल्पसंख्यक जनजाति-सप्तरी
- रुक्मिणी कोइराला-मोरङ,
- सूर्यदेव दास उराव-सुनसरी,
- उमेश श्रेष्ठ-शिक्षाविद्, काठमाडौं
- अनिलकुमार रूगटा-पर्सा
एमालेका तर्फबाट :
- उदय नेपाली श्रेष्ठ-कानुनविद्,
- अग्नि खरेल-कानुनविद,
- गंगा डाँगी-समाजसेवी-मोरङ,
- मिरा धुजु-जनजाति र समाजसेवी,काठमाडौ,
- पेम्बा बोटे-आदिवासी जनजाति समाजसेवी-बाजुरा
- नरेश खरेल-सामाजसेवी-झापा,
- डा. राजन भट्टराई-परराष्ट्रविद
- पर्तमान धिमाल-अल्पसंख्यक जनजाति, मोरङ
राप्रपा नेपालका तर्फबाट :
- गणेश थापा- एन्फा अध्यक्ष(खेलकुद)