प्रधानमन्त्री सुशील कोइरालाले मुलुकले अव उज्यालो पाउने बताएका छन् । हालै आएको बाढी पहिरो पीडितहरुको राहत र पुनस्थापनामा सहयोग पुर्याउन बालुवाटारमा विभिन्न संघ संस्थाबाट सहयोग रकम हस्तान्तरण कार्यक्रम उनले यस्तो बताएका हुन् ।
सहयोग गर्ने दाताहरुबाट उनको शीघ्र स्वास्थ्यलाभको कामना भएपछि प्रत्युत्तरमा प्रधानमन्त्रीले भने,“ म ठीक छु । संविधान समयमै आउँछ । मुलुकले उज्यालो पाउँछ । नेपालको विकास पनि हुन्छ । कसैले रोक्न सक्दैन।”
उनले यस पटक आएको पहिरो र बाढीले विनास लिला मच्चाएको भएपनि उद्वार, राहत र पुनस्थापनामा कुनै कमजोरी हुन नदिइएको बताए ।
“प्रतिपक्षी पनि यस विपद्बाट जनतालाई मुक्त गराउन गम्भीर देखिनु भएको छ । मेरो नेतृत्वमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका संसदीय समितिका नेता रहेको उच्चस्तरीय समिति बनेको छ । त्यसले अनुगमन गरिरहेको छ ” प्रधानमन्त्रीले भने ।