नेपाली कांग्रेस, एमाले, एमाओवादी र नेकपा-माओवादीबीच बुधबार बस्ने भनिएका बैठक बस्न सकेन । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठकमा उपस्थित नहुने बताएपछि बैठक बस्न नसकेको बालुवाटार स्रोतले जनायो ।
अपरान्ह बस्ने भनिएको बैठकमा मोहन वैद्य किरण आउन इच्छुक भएपनि प्रचण्डले प्रधानमन्त्री सुशील कोइरालालाई फोन गरी ४ बुँदे सहमति कार्यान्वयन नभएसम्म बैठकमा नबस्ने बताए पछि बैठक बस्न सकेन । एमाओवादी गत पुषमा भएको ४ बुदेँ सहमति कार्यान्वयन नभएसम्म वार्तामा नबस्ने घोषणा गरेको छ ।