एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी विघटनको खतरामा रहेको बताएका छन् । पार्टी कार्यालय पेरीसडाँडामा बुधबार बसेको पोलिटब्युरोको अनौपचारिक बैठकमा प्रचण्डले पार्टी अर्को एमाले बन्न लागेको र विघटन तर्फ उन्मुख भएको बताए ।
बैठकमा निकै उदास देखिएका प्रचण्डले पार्टी भित्र समस्या सिर्जना हुनुमा आफूहरुकै दोष रहेको बताए ।
माथिल्लो तहमा नेताहरु मिलेपनि तल्लोतहबाट अनेकौं बखेडा झिक्ने काम हुदाँ पार्टीमा समस्या बढ्दै गएको प्रचण्डको बुझाई छ । नेता बाबुराम भट्टराईले पार्टी भित्रको समस्या ठूलो भएको भन्दै निराकरणका लागि सबैले पहल गर्नुपर्ने बताए ।
पार्टीमा रुपान्तरणको आवश्यक रहेको उनले औंल्याए ।