नेपाली काँग्रेसकी नेतृ सुजाता कोइरालाले संविधान जारी नहुँदासम्म काँग्रेस एमालेले सहकार्य गर्नुपर्ने बताएकी छिन्।
रिपोर्टर्स क्लब नेपाल जिल्ला शाखा तनँहुले दमौलीमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा नेतृ कोइरालाले अहिले सुशील कोइरालाको नेतृत्वको सरकारको विकल्प खोज्ने बेला नभएको भन्दै यो सरकारले माघ ८ गतेभित्रै संविधान दिनेमा जोड दिएकी छन्।
कार्यक्रममा कोइरालाले कांग्रेसले एमालेसँग गरेको सहमती कार्यन्वयन गर्नेमा जोड दिईन्। उनले थपिन्– सरकारले प्रभावकारी रुपमा काम गर्नुपर्छ। जनचाहना अनुसार सरकारले अझै काम गर्न सकेको छैन्।
उनले सरकारले गर्न लागेको २६ को मनोनित र राजदूतहरुको नियूक्तिमा विदेशमा बसेर ग्रिनकार्ड लिएकाहरुलाई भन्दा पनि नेपालमै बसेर राष्ट्रलाई योगदान पुर्याएका राष्ट्रिय व्यक्तित्वहरुलाई छान्नुपर्नेमा जोड दिईन्। उनले भनिन्–हाम्रै देशमा बसेर निरन्तर सक्रिय सेवामा समर्पित व्यक्तिहरु धेरै हुनुहुन्छ। उहाँहरुलाई त्यो ठाउँमा लग्नुपर्छ। विदेशमा बसेर आएकाहरुलाई हामीले प्राथमिकता दिनै हुँदैन्। राजदूतहरुको नियुक्ति पनि तत्काल गर्नुपर्छ यसमा सरकार अल्झिनु हुँदैन्।