पूर्व प्रधानसेनापति रुकमाङ्गद कटवालले भर्खरै प्रकाशित आफ्नो आत्मकथामा उल्लेखित माओवादीलाई आफ्नो प्रधानसेनापतित्वकालमा सैनिकमञ्चमा आमसभा गर्न नदिएको तथ्यमा कुनै असत्यता नरहेको प्रस्ट पारेका छन्।
आफू प्रधानसेनापति हुनुअघि २०६३ जेठ १९ गते टुँडिखेलमा आयोजित सभाबाट केही माओवादी स्वतस्फुर्त रुपमा सैनिक मञ्चमा छिरे पनि त्यो घटनाबारे आफूले आत्मकथामा उल्लेख नगरेको उनले उल्लेख गरेका छन्।
उनले फेसबुकमार्फत जारी प्रस्टीकरणमा उल्लेख गरेका छन्, 'मैले प्रधानसेनापतिको फुली लगाएको २०६३ भदौ अन्तिम साता हो, अहिले सामाजिक सञ्जालमा उल्लेखित घटना २०६३ जेठ १९ गतेको हो, जतिबेला म चिफ भएकै थिइनँ । खुलामञ्चमा गरिएको माओवादीको त्यो सभाबाट एउटा हुल स्पोन्टेनियस्ली सैनिक मञ्चतिर पनि छिरेको मैले थाहा पाएको हुँ। यो कुरा त्यतिबेलाका पत्रपत्रिकाले समेत उल्लेख गरेकै छन्। त्यतिबेला अचानक आइपरेको परिस्थितिबाट ठूलो जनधनको क्षति हुन नदिन सेनाले संयमता अपनाएको थियो। म चिफ नहुँदाको घटना भएकाले यसबारे पुस्तकमा उल्लेख गरिएको छैन।'
उनले पुस्तकमा उल्लेखित सन्दर्भ म चिफ भइसकेपछिको त्यो घटनालाई लिएर हो जतिबेला माओवादी पार्टीले प्रचण्डको उपस्थितिमा पहिलो आमसभा नै सैनिक मञ्चमा गर्ने तयारी गरेको थियो भनेर प्रस्टीकरण दिएका छन्। उनले भने, 'अघिल्लो घटनाबाट पाठ सिकेरै राष्ट्रिय अस्मितामाथि प्रहार हुन नदिन मैले योजनाबद्ध रूपमा सैनिक मञ्चमै गर्न लागिएको सभा त्यहाँ हुन नदिएकै हुँ।'
यो पनि हेर्नुहोस्
-अमित ढकाल
आठ वर्षको कलिलो उमेरमा राजा महेन्द्रलाई भेटेरै छाड्ने अभिलाषासाथ हिँडेका यिनको दृढता माओवादीसँगको अन्तिम लडाइँमा पनि उत्तिकै अटल देखिन्छ। धेरैलाई कटवाल दरबारले बनाएको मानिस भन्ने भ्रम छ। बाहिरबाट हेर्दा हामी धेरैलाई उनको जीवनयात्रा सहज रहेको, दरबारले तय गरिदिएको भ्रम छ। राजा महेन्द्रले ‘टिपेर’ ल्याएको र दरबारले तानेर प्रधानसेनापति बनाएको भ्रम छ।
विस्तृतमा