विगत १ सय ६ दिनदेखि निरन्तर देशभर भएका महिला हिंसाका घटनाका दाषिमाथि कारबाहीके माग गर्दै चलिरहेको गैर राजनितिक अभियान अकुपाई बालुवाटार आजदेखि स्थगित भएको छ ।
चुनावी मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मीको विषेश आग्रहमा शनिबार देखि २० दिनका लागि अभियान स्थगित भएको हो । अकुपाई बालुवाटारका अभियन्ताका अनुसार प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका प्रतिनिधिले शनिबार बालुवाटारको प्रदर्शनमा गएर अभियानलाई सम्बोधन गरेपछि तत्काललाई कार्यक्रम स्थगित हुने आजका पत्रपत्रिकामा खबर छापिएको छ ।
प्रधानमन्त्री कार्यालयमा शुक्रबार भएको वार्तामा अकुपाई बालुवाटार समुहलाई रेग्मीले आन्दोलनका मागहरु सम्बोधन हुने आश्वासन दिएपछि कार्यक्रम स्थगित हुने बताइएको छ ।