प्रहरी प्रधान कार्यालयले संविधान सभा निर्वाचनमा झण्डै साढे ४३ हजार प्रहरी परिचालन गर्ने भएको छ । प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिदै प्रहरी प्रबक्ता प्रहरी नायब महानिरीक्षक केशब प्रसाद अधिकारीले निर्वाचनलाई लक्षीत गर्दै केन्द्रिय सुरक्षा नीति तथा विस्तृत सुरक्षा योजना तयार गरिने र प्रहरी महानिरीक्षकको कमाण्डमा केन्द्रिय निर्वाचन सेल गठन गरिएको आजको गोरखापत्रमा खबर छ ।