प्रधानमन्त्री सुशील कोइरालाले बिहीबार सर्वदलीय बैठक बोलाएका छन् ।
बिहान ८ बालुवाटारमा सर्वदलीय बैठक कोइरालाले आब्हान गरेका हुन् ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको २ दिने भ्रमणका क्रममा उठाइने एजेन्डाहरुबारे छलफल गर्न कोइरालाले सर्वदलीय बैठक डाकेको नेताहरुले बताएका छन् ।
मोदी आगामी आइतबार काठमाडौं आइपुग्ने कार्यक्रम छ । कोइरालाले कांग्रेस, एमाले, एमाओवादी, राप्रपा नेपाल लगायतका मधेसी र साना दलहरुलाई बैठकमा बोलाएका छन् । नेकपा -माओवादीलाई पनि सर्वदलीय बैठक डाकिएको बालुवाटार स्रोतले जनाएको छ ।
साथै बैठकमा पछिल्लो राजनीतिक अवस्था, सरकारको कामकारबाही लगायतका विषयमा पनि छलफल हुने बताइएको छ।