भारतीय सिमा सुरक्षा बल एसएसविले सिमामा आवत जावत गर्ने जनतासँग सुमधुर व्यवहार कसरी गर्नेबारे विशेष अभियान सुरु गरेको छ। एस एस विको १३ औं वाहिनीले भारतको रक्सौले एयरपोर्टस्थित कार्यालयमा बुधबार आयोजना गरेको कार्यक्रमबाट सिमावर्ती जनतासँग सुमधुर व्यवहारबारे सचारकर्मीहरुको रायसुझावको थालनी गरेको हो।
एस एस विबाट भइरहेको सिमा व्यवस्थानमा मिडियाको दृष्टिकोण विषय अन्तक्रिया कार्यक्रममा १३औ वाहिनीका सह कमान्डेन्ट राकेश कुमार श्रीवास्तवले नेपाल भारतबीच रहको एतिहासिक सम्बन्धलाई सुमधुर बनाउनुको साथै सिमावर्ती जनतासँग सुमधुर व्यवहार बनाउनुनै कार्यक्रमको मुख्य उद्धेश्य रहेको बताए।
सह कमान्डर श्रीवास्तवले दुवै देशबीच रहेको रोटी वेटीका सम्बन्धलाई ध्यानमा राख्दै सिमामा हुने तस्करी, क्रसबोर्ड अपराध, जालीनोटको कारोवार,गाँजा चरेस लगायतका कारोवारहरुलाइ नियन्त्रण गर्नु आफुहरुको जिम्मेवारी भएको बताएका थिए।
नेपाली जनतासँग एस एस विले गर्दै आएको मारपीट तथा दुर्वव्यवहार दुई वर्षदेखि पूर्ण रुपमा नियन्त्रण भएको र उपभोग्य बस्तु नेपाली जनताले भारतबाट लैजादा कुनै रोकटोक नगरिने सह कमान्डन्ट श्रीवास्तवले आश्वासन समेत दिएका थिए।
उनले एस एस विको १३ औ बटालियनले सिमामा गरिरहेको अपरेशन कार्य तथा नेपाली सुरक्षा कर्मीहरुको सहयोगमा गाजा र चरेशको तस्करीमा धेरै कमि आएको बताउँदै भारतबाट नेपालमा हुने लागूऔषध कारोवारको बारेमा पनि कडाइ गर्ने धारणा श्रीवास्तवको रहेको थियो। सहकमान्डन्ट श्रीवास्तवले एस एस विको १३ औ बटालीयनको कमान्डमा रहेको पूर्वी चम्पारणको जमुनीयदेखि पश्चिमी चम्पारणको सिकटासम्मको १२ सौ किलोमिटरको दुरीमा रहेको १२४५ पिलर मध्ये ४६३ राम्रो रहेको र ४१३ ढलेको तथा बाकि हराइरहेको बारेमा सरकारलाई जानकारी गराइसकिएको जानकारी गराए।
सिमामा अपराधिक गतिविधिमा आएको समिमा एस एस विको भूमिका सराहनिय रहेको बताउँदै कार्यक्रममा दुबै देशका स्थानीय संचारकर्मीहरुले सिमामा रहेका जनतासँग जवानहरुबाट राम्रो व्यवहार गरिनुपर्ने विषयमा तस्कर सर्वसाधारणसँग एउटै व्यवहार नगर्न सुझाव दिएका थिए।
भारतीय विदेश मन्त्री सुस्मा स्वराजको नेपाल भ्रमणको एक हप्ता नबित्दै एस एस विले थालेको यो कार्यक्रमलाई पनि केन्द्रीय सरकारको निर्देशनको रुप थालिएको समेत भारतीय सञ्चारकर्मीहरुको विश्लेषण रहेको छ।