कास्कीमा एकीकृत नेकपा माओवादीे बाबुराम पक्षको छुटै भेला भएको छ। जिल्ला नेतृत्वले आफूहरुसँग सरसल्लाह नगरी कार्याबिभाजन लगायतका निर्णयहरु गरेको आरोप लगाउँदै एक हप्ता अगाडि भट्टराई पक्षले आफ्नो असमति रहेको बिज्ञप्ति निकालेको थियो।
त्यसपछि भट्टराई पक्षले भेलाको आयोजना गरेको हो। पोखराको सृजनाचोकमा रहेको रवि होटलमा भेलाको आयोजना गरिएको छ। भेलामा पूर्व जिल्ला सदस्यहरुको उपस्थिति रहेको एकजना सदस्यले जानकारी दिए। बाबुराम पक्षका मात्रै हैन प्रचण्ड पक्षका पनि भेलामा सहभागी भएको ति सदस्यले बताए। कुरा सुन्न हो या असमति भएर हो तर प्रचण्ड पक्षका पनि आएका छन् ति सदस्यले बताए।
भेलामा गुप्त हमाल, कृष्णा गिरी, किरण थापा, टिकाराम पौडेल, जितबहादुर तमु, शिबजी लामीछाने, देवी सुवेदी लगायतका जिल्ला नेताहरुको सहभागिता छ। भेलामा अधिकांस कार्यकर्ताले जिल्लाका प्रचण्ड पक्षले गरेको दमनको बिरुद्ध छुट्टै कमिटि गठन गरेर जानुपर्ने बताएका छन्। केहि युवाहरुले भने अब माओवादी भनेर नभनीकन पोखराबाट नै नयाँ शक्तिको गठन प्रक्रिया थालनी गर्नु पर्ने बताएका थिए।