स्वास्थ्य उपचारका लागि सिंगापुर गएका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आज मङ्गलबार स्वदेश फर्कंदै छन् । उनी मध्याह्न १२ बजे काठमाडौँ आइपुग्ने छन् । ओलीले सिंगापुरमा नेसनल युनिभर्सिटी अस्पतालमा उपचार गराएका थिए । एक साता अघि सिंगापुर उडेका ओलीको फङ्गल सङ्क्रमणका कारण दायाँ हात सुन्निएको थियो ।