सोमबारको संसद बैठक सुरु भएको छ। राजधानीको नयाँ वानेश्वरस्थित संविधान सभा भवनमा सुरू भएको बैठकमा सभासदहरुले बोल्न थालेका छन्। सभासद्हरुको विचार संक्षेपमा यस्तो छ।
सुष्मा स्वराज भ्रमणबारे सदनमा जानकारी चाहियो
भरतमोहन अधिकारी एमाले
२३ वर्ष पछि नेपाल भारत संयुक्त आयोगको बैठक, भारतीय विदेश मन्त्री सुष्मा स्वराजको भ्रमणबारे सदनलाई जानकारी सरकारले देओस।
भारतबाट उर्जा व्यापार सम्झौताको बारेमा राजनीतिक सहमति हुन नसक्दा भारतसँग सहमति हुन सकेन भन्ने कुरा आएको छ। हिजो ३ महिनाअघि भारतबाट मन्त्रालयबाट पत्र प्राप्त भएको थियो भने राजनीतिक दलहरुबीच किन सहमतिको पहल भएन? अब फेरि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउदा पनि राजनीतिक सहमतिका कारण हुन सकेन भन्ने नहोस।
अहिले चीनको लगानी अमेरिकामा गएको छ। भारतको लगानी भूटानमा भएको छ। भारतीय प्रधानमन्त्रीले सबै समस्याको समाधान राजनीतिक वार्ता मार्फत समाधान गर्न तयार भएको बताएका छन्। हाम्रा प्रधानमन्त्री बिरामी भए पनि अझै बाँकी समयमा पनि नेपालको हित र राष्टिय स्वार्थलाई केन्द्रमा राखी सहमतिको वातावरण कायम गरौ।
हामी हरेक कुरा राजनीतिक तबरमा सहमति गर्न तयार छौ भने भारतसँगको सहमतिको बातावरण बनाई राष्ट्रहितका लागि प्रधानमन्त्री सुशील कोइरालाले पहल लिनु पर्छ। हामी सबैले प्रधानमन्त्रीलाई सहयोग गरौ र नेपाल र भारतको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउ।
खेलकुद मन्त्री छाडा साँढे जस्तै भए
गणेशमान पुन एमाओवादी
अहिले खेलकुद क्षेत्र र राष्ट्रिय खेलकुद परिषद प्रभावित भएको छ। खेलकुद मन्त्रीले ऐन र नियम विपरित छाडा साँढे जस्तो भएर अराजकता मच्चाउदा अहिले सर्वोच्चमा ५ वटा मुद्दा विचाराधिन छन्।
एशियाली खेलमा सहभागी हुने अवस्थामा खेलाडीलाई राजनीतिक, कानुनी हिसाबले समस्या समाधानको पहल गरियोस। सातौ राष्टिय खेलकुद प्रतियोगीताका लागि सरकारले किन बजेट विनियोजन गरेन? शिक्षा सेवा आयोगले शिक्षकको नतिजा प्रकासित गर्दा महिला अपागंको कोटा नियम अनुसार समावेश होस।