मेट्रो ट्राफिक एफएमले प्रसारण सेवा सुरु गरेको दुई बर्ष पुगेको छ । नेपाल प्रहरीद्धारा संचालित यस ट्राफिक एफ। एमले आजकै दिन अर्थात २०६९ साउन ८ गते देखि आफ्नो नियमित प्रसारण सुरु गरेको थियो ।
आज आयोजित बार्षिक उत्सव कार्यक्रमका प्रमुख अतिथी तथा एफ एम व्यवस्थापन समितिका अध्यक्ष तथा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी नायब महानिरीक्षक केशव प्रसाद अधिकारीले एफएम संचालन पश्चात उपत्यकाको सवारी व्यवस्थापनमा निकै नै सहज भएको बताए ।
बार्षिक उत्सवको अवसरमा ट्राफिक प्रहरी महाशाखामा भएको रक्तदान कार्यक्रम ६० जनाले रक्तदान गरेका थिए । दोस्रो बार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रमका प्रमुख अतिथी प्रहरी नायब महानिरिक्षक केशव प्रसाद अधिकारीले एफ एममा उत्कृष्ट कार्य गर्ने प्रहरी निरीक्षक अमेरन्द्र प्रसाद सिंह, प्रसनि रोशन थापा , प्रहरी हवल्दार रमेश खत्री, प्रहरी जवान रुपनारायण चौधरी, रेशम परियार र प्रकास रिश्मा थापा लगायत ६ जना प्रहरी कर्मचारीहरुलाई पुरस्कार प्रदान गरेका थिए ।