नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले कम्युनिष्ट पार्टी स्थापनाको मान्यताभन्दा एमाले धेरै अगाडि बढेको दाबी गरेका छन्।
कम्युनिष्ट पार्टी स्थापनाको ६५ वर्षको मान्यता भन्दा एमाले धेरै अगाडि बढेको र दक्षिण् एसियाकै सबैभन्दा अगुवा लोकतान्त्रिक पार्टीको रुपमा स्थापित भएको उनले दाबी गरे।
नवौं महाधिवेशनमा एमालेले स्थापित गरेको लोकतान्त्रिक अभ्यासले यो पार्टीलाई दक्षिण एसियाकै अगुवा कम्युनिष्ट पार्टीको रुपमा उभ्याएको भुसालको दाबी छ।
३६ औं पुष्पलाल स्मृति दिवसको अवसर पारेर पार्टीको नवौं राष्ट्रिय महाधिवेशनको सन्देश प्रवाह गर्न बुटवलमा आयोजित कार्यक्रममा एमालेका उपमहासचिव भुुसालले प्राविधिक कमजोरीका बाबजुद एमालेले नवौं महाधिवेशनबाट ऐतिहासिक उपलब्धि भने हासिल गरेको बताए।
नेतृत्व पंक्तिले गरेको कमजोरीलाई सचेत कार्यकर्ताले सच्चाएको तर्क गर्दै भुसालले यती ठूलो गल्ती किन भयो भन्ने बारे समिक्षा गर्नु आवश्यक रहेको बताए।
“नेतृत्वका लागि दुईवटा प्यानल बनाएर चुनाव लडियो यो नेतृत्व पंक्तिको नालायकीपन हो। नेताहरुको गम्भीर गल्ती र कमजोरीलाई कार्यकर्ताहरुले जोगाईदिए तर अब फेरि गल्ती गर्ने हो भने कार्यकर्ताले जोगाउने छैनन्।” उनको भनाई थियो।
नवौं महाधिवेसनबाट पार्टिको नयाँ अध्याय शुरु भएको भन्दै उनले अबको सम्पूर्ण ध्यान र शक्ति सामाजिक आर्थिक रुपान्तरण गर्ने तर्फ केन्द्रीत गर्नुपर्ने बताए।
नेता भुसालले यो महाधिवेसनबाट पार्टीले समाजबाद उन्मुख ५०/६० बर्षको नयाँ पाटो शुरु गरेको र अबको एमालेको प्रमुख लक्ष्य भनेको देशमा पूजि निर्माण गर्ने बाटो भएको उल्लेख गरे।
नेता भुसालले अबको नेतृत्व दोस्रो पुस्ताका व्याक्तिहरुबाट गर्ने भएको कारण देश बनाउने जिम्मा युवा पुस्तामा आएको भन्दै यसको लागि सबै पार्टी तथा कार्यकर्ताहरुलाई जिम्मेवार बनि देश निर्माणको बाटोमा लाग्न आग्रह समेत गरे।
नेता भुसालले पुष्पलालले लिएको बाटोबाटै एमाले अगाडि बढ्ने उल्लेख गर्दै महाधिवेशनका निर्णयहरुप्रति बढी जागरुक हुन कार्यकर्ताहरुलाई आह्वान पनि गरे।
कार्यक्रममा बोल्दै एमाले केन्द्रीय सदस्य लिला गिरीले कार्यकर्ताको भावना अनुसार अबको नेतृत्व अगाडि बढ्ने उल्लेख गर्दै महाधिवेशनका निर्णयलाई एकताबद्ध भएर कार्यान्वयन गरिने बताए।
अर्का केन्द्रीय सदस्य एकराज बिकले कांग्रेस र माओवादीले देशको अभिभारा बोक्न नसक्ने भएकाले एमालेको का“धमा ऐतिहासिक दायित्व रहेको बताए।
एमाले नेता देवेन्द्र घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका रुपन्देही अध्यक्ष भोजप्रसाद श्रेष्ठ, सचिव तुलसी चौधरी, मार्क्सवादी विश्लेÈक गोपिरमण्ँ उपाध्याय, प्रेस चौतारीका पुर्व केन्द्रीय अध्यक्ष बालकृष्ण चापागाई लगायतले पुष्पलालको योगदानका बारेमा चर्चा गरेका थिए।