राजेन्द्र महतो अध्यक्ष रहेको सद्भावना पार्टीले भारतीय विदेश मन्त्रीको नेपाल भ्रमण अघि सरकारले कुनै तयारी नगरेको भन्दै आपत्ती जनाएको छ ।
पार्टी कार्यालयमा आज पत्रकार सम्मेलन गरी सद्भावना पार्टीले भारतीय विदेश भ्रमणअघि तयार नगर्नुलाई दुर्भाग्यपूर्ण भनेको छ । यस प्रवृतीलाई भारत विरोधीमा आधारित राष्ट्रवादको पुनरावृती को रुपमा आफूहरुले दिएको उसले जनाएको छ ।
यस प्रकार देशको हितमा कुनै सन्धि सम्झौताको लागि पूर्व तयारी नगरी मित्रलाई बदनाम गराउने व्यवहार प्रवृतीबाट कसैको हित नहुने सद्भावना पार्टिले जनाएको छ । यही साउन ३ गतेदेखि ५ गतेसम्म बसेको बैठकमा विषयमा पत्रकारहरुलाई जानकारी गराइएको थियो ।
मधेश केन्द्रीत राजनीतिक दलहरु विच एकिकरणमोर्चाबन्दी गर्दै कार्यगत एकताको प्रक्रियामा पार्टीले आफना तर्फबाट अझ तिब्रता ल्याउने उसले बताएको छ । एकिकरणको बाधक को हो त्यसको खोजी गर्न पनि आम मधेशी जनता संग पार्टीले आग्रह गरेको छ ।
आर्थिक वर्ष २०७१-७२ को बजेट मधेश र मधेशी जनता विरोधी बजेट रहेको सद्भावनाका प्रवक्ता सन्तोष महत्तोले जानकारी दिए ।