नेकपा–माओवादीको पूर्ण केन्द्रीय समितिको बैठक मंगलबार सकिएको छ। बैठकले पार्टीलाई सवल र एक ढिक्का बनाउने, पार्टीको तल्लो निकायसम्म बैठक, भेला र प्रशिक्षण गर्ने, दुई दस्तावेजलाई पार्टीको सदस्य सम्म छलफल र बहसको लागि लैजाने र विभिन्न जिल्लाहरुमा देखा परेका समस्याहरुलाई पार्टीको केन्द्रीय कार्यालयले हल गर्ने जस्ता महत्वपूर्ण निर्णयहरु गर्दै बैठक सकिएको हो।