आठ विद्यार्थी संगठनले मोरङको पथरीस्थित पथरी बहुमुखी क्याम्पसमा तालाबन्दी गरेका छन्। गत असार १५ गते बुझाएको ज्ञापन पत्रको सन्दर्भमा क्याम्पस प्रशासन र सञ्चालक समितिले आफ्नो मागप्रति बेवास्था गरेको भन्दै क्याम्पसमा तालाबन्दी गरिएको मंगलबार एक विज्ञप्ति निकालेर विद्यार्थीले जनाएका छन्।
विभिन्न ६ बुँदे माग राख्दै उनीहरूले असार १५ गतेको ज्ञापन पत्रलाई सम्बोधन गर्दै राजनीतिक भागबण्डा र नातावाद तथा कृपावादबाट दुई सहायक क्याम्पस प्रमुख नियुक्तिको खारेजी, पूर्व घोषित स्नातकोत्तर तह तुरून्त स्थापना गर्नुका साथै स्नातकोत्तर कक्षा सञ्चालनका लागि गराइएको पुराणको आय व्यय सार्वजनिक लगायतका माग राखेका छन्।
४८ घन्टाभित्र विद्यार्थीको माग सम्बोधन नगरिए अनिस्चितकालिन क्याम्पस बन्दसहितको थप कडा आन्दोलन गर्ने चेतावनी ८ विद्यार्थी संगठनले जनाएका छन्।