प्रधानमन्त्री सुशील कोइराला स्वास्थ्य उपचार सकेर आज स्वदेश फर्किएका छन्। संयुक्त राज्य अमेरिकामा एक महिना लामो उपचार गरेका प्रधानमन्त्री कोइराला हिजो अमेरिकाबाट नेपालका लागि प्रस्थान गरेको काेइराला आज राती ८ बजेर २५ मिनेटमा काठमाडौँ अाइपुगेका हुन् ।
अमेरिकाको न्यूयोर्कस्थित मेमोरियल सोलान केटरिङ क्यान्सर सेन्टरमा फोक्सोमा देखिएको क्यान्सरको सङ्क्रमणको रेडियोथेरापी विधिको उपचार सम्पन्न भएपछि प्रधानमन्त्री कोइराला स्वदेश फर्किएका हुन्।
प्रधानमन्त्रीलाई लामो समयदेखि ‘ब्रोङ्काइटिस्’ भएका कारण चिकित्सकको सल्लाहअनुसार फोक्सोमा देखिएको क्यान्सरको सङ्क्रमणको शल्यक्रिया नगरी रेडियोथेरापी विधिमार्फत उपचार गरिएको थियो ।
प्रधानमन्त्री कोइराला गत असार २ गते थप उपचारका लागि अमेरिका प्रस्थान गरेका थिए । उन लाई स्वागत गर्न कार्यबहाक प्रधानमन्त्री वामदेव गौतम सहित सरकारका मन्त्री तथा कांग्रेसका नेताहरु विमानीथल पुगेका थिए । उपचारपछि उनको स्वास्थ्थमा सुधार आएको छ ।