ए माओवादीको कब्जामा रहेको २२ विगाहा जग्गा वद्य नेतृत्वको नेकपा-माओवादीले कब्जा गरेको छ । कैलालीको लालबोझी गाविसको वडा नं २ र ३मा रहेको जग्गासहितको एक पक्की भवन कब्जा गरेको आजको गोरखापत्रमा खबर छ ।नेकपा-माओवादीले आफ्नो पार्टीको झन्डा गाढेर सो जग्गा कब्जामा लिएको बताएका छन् ।