एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वैद्य पक्षले चुनावी प्रक्रिया अवरोध गर्दैमा संविधानसभाको निर्वाचन नरोकिने बताएका छन् । पोखरामा विहिबार क्रान्तिकारी पत्रकार सङ्घ कास्कीले गरेको पत्रकार सम्मेनलमा अध्यक्ष प्रचण्डले वैद्य पक्षको हैसियत सबैलाई थाहा छ यदि चुनावमा भाग नलिए जनताले नै उनीहरूलाई बढारेर फाल्ने चेतावनी दिएका हुन् ।
भिरबाट खस्न लागेको गाईलाई रामराम भन्न सकिन्छ तर काँध थाप्न सकिँदैन भन्दै दहालले वैद्य पक्षलाई उच्चस्तरीय राजनीतिक संयन्त्रमा आउन आग्रह गरेका छन् ।
सरकारले छिटोभन्दा छिटो संविधानसभा निर्वाचनको मिति घोषणा गनुपर्ने माग गरेकाा छन । मन्त्रिपरिषद्का अध्यक्षसँग बुधबरामात्र आफ्नो कुराकानी हुँदा निर्वाचनसम्बन्धी सबै ऐन कानुन संशोधन गर्न अध्यादेश तयार भइसकेकाले अब छिट्टै निर्वाचनको मिति घोषणा हुने आश्वासन पाएको बताए ।
प्रकाशित मिति: 2013-04-11 11:34:23