फेसबुकमा उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमलाई 'पछाडीबाट गोली ठोक्नुपर्छ' भनि अापत्तिजनक कमेन्ट लेखेकाे अभियोगमा पक्राउ परेका शाखा अधिकृत राजुप्रसाद साह रिहा भएका छन्।
इलाका प्रशासन कार्यालय सिराहाका प्रमुख साहले गौतमले रत्नपार्कमा डोरी नाघेर बाटो काट्दै गरेको तस्वीरमा कमेटन्ट त्यस्तो कमेन्ट लेखेका थिए ।
तीन दिनदेखि सिअाइवी (केन्द्रीय अनुसन्धान ब्यूराे) हिरासतमा रहेका साहिवरुद्द मुद्दा नचलाउने निर्णय जिल्ला सरकारी वकिल कार्यालयले गराएकाे हो । सिअाइवीले म्याद थपाका छलफलका लािग सरकारी वकिलकाेमा लिएर गएकाे बेला मंगलवार अपरान्ह रिहा गर्ने निर्णय भएकाे हाे।
गलत स्टाटस लेखेकोमा माफीपत्रमा सही गराएर मात्र राजुलाई छाड्ने निर्णय भएको छ। सरकारी विकलमा लेखापढि भएपछि उनी रिहा भएका हुन् ।
चार दिन अघि बारामा पक्राउ परेका राजुलाई छुटाउन भनि बाबु गेनलाल काठमाडौंमा अाएका थिए।
.jpg)
तस्विर सौजन्यः दिपेन्द्र झा