कांग्रेस महासमिति भेलामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा लोकमान सिंह कार्कीलाई सिफारिस गर्ने पार्टी निर्णयको बिरोध भएको छ । भेलामा १४ अञ्चलका १४ छुट्टा छुट्टै समूहका एक चौथाई सदस्यले कार्की सिफारिसको बिरोध गरेका हुन् ।
उच्च नैतिक आचरण भएका व्यक्ति मात्रै अख्तियार आयुक्तमा पुग्नुपर्नेमा कार्की जस्ता भ्रष्टाचार अभियोग लागेका व्यक्तिलाई पार्टी सिफारिस गरेको भन्दै महासमितिमा कार्की विरुद्ध हस्ताक्षर अभियान गरेको हो ।