बरियताक्रम अनुसार दुई डिआइजीलाई छाडेर बढुवा सिफारिस समितिले ७ जना डिआइजीको नाम एआइजीका लागि सिफारिस गरेको छ। डीआइजी नारायण बास्ताकोटी र गणेश राईको नाम मिच्दै बढुवा सिफारिस समितिले ७ जनाको नाम सिफारिस गरेको हो।
बरियताक्रम अनुसार बास्ताकोटी दुई र गणेश राई सातौ स्थानमा थिए। तर, उनीहरुको नाम मिच्दै ९ औं स्थानमा रहेका प्रतापसिंह थापा र विरेन्द्रबाबु श्रेष्ठलाई एआइजी बढुवाका लागि सिफारिस गरिएको छ। राजेन्द्रसिंह भण्डारी, सुरेन्द्र बहादुर शाह,विज्ञानराज शर्मा, केदार साउद,विरेन्द्रबाबु श्रेष्ठ, प्रतापसिंह थापा र रमेशसेखर बज्राचार्यको नाम एआइजीका लागि सिफारिसमा परेको छ।
बढुवा सिफारिस समितिमा प्रहरी महानिरीक्षक, गृह सचिव र प्रधानमन्त्री कार्यालयका सचिव रहने व्यवस्था छ। एआइजीको लाइनमा रहेका प्रकाश अर्याल, पर्शुराम खत्री, सुशीलबरसिंह थापा, विश्वराज सिंह लगायतका नाम भने एआइजीको सूचीमा अटेन।
डिआइजी बढुवाका विषयमा छलफल गर्न गृहमन्त्रालयमा अहिले उच्चस्तरीय बैठक बसिरहेको छ। बैठकमा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल पनि सहभागी छन् ।