काठमाडौं, चैत २६ (सेतोपाटी)– संसारको जेठो लोकतन्त्र मानिने बेलायतमा एक्ली महिला प्रधानमन्त्री बन्न सफल ‘आइरन लेडी’ मार्गरेट थ्याचरको ८७ वर्ष उमेरमा सोमबार निधन भएको छ । विश्व राजनीतिमा उच्च स्थान बनाउन सफल केही महिलामध्ये थ्याचर एक हुन् । दोस्रो विश्वयुद्धपछिको बेलायतका केही गिनेचुने नेतामध्ये एक थ्याचरलाई सोमबार मष्तिष्काघात भएको उनका प्रवक्ताले सिएनएनलाई बताए ।
लगातार १५ वर्ष बेलायतको कन्जरभेटिभ पार्टीकी प्रमुख रहेकी थ्याचरले सन् १९७९ देखि सन् १९९० सम्म ११ वर्ष बेलायतको प्रधानमन्त्रीत्व सम्हालेकी थिइन् । सन् २००२ मा पहिलो मष्तिष्काघातदेखि उनी सार्वजनिक जीवनबाट बाहिरिएकी थिइन् ।
‘मेरो जीवनकालमा बेलायतमा महिला प्रधानमन्त्री हुँदैनन्’ भनेको छ वर्षमा उनी देशकै सर्वोच्च पदमा आसिन भएकी थिइन् ।