निर्वाचन चिह्न मङ्गलबार प्रदान गरिने


यही असार १४ गते बुधबार दोस्रो चरणमा निर्वाचन हुने प्रदेश नं १, ५ र ७ का ३३४ स्थानीय तहको निर्वाचनमा उम्मेदवार भएकालाई भोलि असार ६ गते मङ्गलबार निर्वाचन चिह्न प्रदान गरिने भएको छ ।

निर्वाचन आयोगका अनुसार असार ४ गते उम्मेदवारी दिएका तर नाम फिर्ता लिन चाहनेलाई भोलि बिहान ८ बजेदेखि ११ बजेसम्मको समय प्रदान गरिएको छ भने ११ बजेदेखि साढे ११ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।

निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारलाई भोलि नै बिहान साढे ११ बजेदेखि अपराह्न ६ बजेसम्म निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको आयोगका सहसचिव एवं प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए।
यसैबीच, स्थानीय तह निर्वाचनका लागि मनोनयनपत्र दर्ता गराएका उम्मेदवारहरुमध्ये हालसम्म ६२ हजार ९२६ को विवरण प्राप्त भएको निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन परिचालन केन्द्रले जनाएको छ । दोस्रो चरणको निर्वाचनबाट १५ हजार ३८ जनप्रतिनिधिको चयन हुनेछ । रासस

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.