इलाम–१२ मा माओवादी केन्द्रका उम्मेदवार बेपत्ता, अर्को उम्मेदवार तोकियो


उम्मेदवार बेपत्ता भएपछि नेकपा माओवादी केन्द्र इलामले इलाम नगरपालिका१२ मा अर्कैलाई उम्मेदवारी दिन लगाएको छ । 

शनिबार हुने आमसभाको तयारीका लागि शुक्रबार नै घरबाट निस्किएका वडाध्यक्षका उम्मेदवार नारायण राई बेपत्ता भएपछि माओवादी केन्द्रले सोही वडामा सोममाया राईलाई उम्मेदवार बनाएको हो ।

बेपत्ता राईको खोजीका लागि जिल्ला प्रहरी कार्यालय र जिल्ला निर्वाचन कार्यालयमा समेत जानकारी गराइएको माओवादी केन्द्र इलामका सचिवालय सदस्य जीवन शर्माले जानकारी दिए। उनको खोजीका लागि वाइसिएलसमेत परिचालन गरिएको छ । रासस 

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.