रुकुममा पाँच वडा सदस्य निर्विरोध


रुकुमको भूमे गाउँपालिकामा पाँचजना वडा सदस्य निर्विरोध भएका छन् । 

भुमे गाउँपालिका७ का ४ र सोही गाउँपालिका६ का एकजना वडा सदस्य पदमा निर्विरोध भएका हुन् । 

वडा नं ७ मा महिला सदस्य, दलित महिला सदस्य र अन्य दुईजना सदस्य तथा वडा नं ६ मा दलित महिला सदस्य पदमा नेकपा माओवादी केन्द्रका तर्फबाट मात्रै उम्मेदवारी परेको सो गाउँपालिकामा खटिएका निर्वाचन अधिकृत ज्ञानेन्द्र इटेनीले जानकारी दिए।  

उनका अनुसार वडा नं ७ को महिला सदस्यमा मनकुमारी बुढा, दलित महिला सदस्यमा रामकुमारी सुनार तथा अन्य दुई सदस्यमा धनीमान बुढा र रुपधन कामी निर्विरोध भएका हुन् । वडा नं ६ को दलित महिला सदस्यमा मीना सुनार निर्विरोध भएकी छन् । 

दाबी विरोध र नाम फिर्ता लिनेलगायत प्रक्रियापछि मात्रै निर्विरोध भएकाको घोषणा गरिने निर्वाचन अधिकृत इटेनीले बताए । भूमे गाउँपालिकामा ४७ पदका लागि माओवादी केन्द्रका ४७, काँग्रेसका ३६, एमालेका २८ तथा राष्ट्रिय जनमोर्चा र स्वतन्त्रका एक/एक जनाले मनोनयन दर्ता गरेका छन् । रासस

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.