प्रधानमन्त्री देउवासँग सार्क महासचिवको भेट


प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का महासचिव अम्जाद हुसैन बी साइलले भेटवार्ता गरेका छन्।  

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज भएको भेटमा महासचिव साइलले सार्कका पछिल्ला गतिविधिका बारेमा प्रधानमन्त्री देउवालाई जानकारी गराएका प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । 

आजै प्रधानमन्त्री देउवासँग नेपालका लागि संयुक्त अधिराज्यका राजदूत रिचर्ड मोरिसले पनि भेटवार्ता गरेका छन् । भेटमा उनीहरुबीच दुई मुलुकको आपसी हित र सम्बन्धमा बारेमा कुराकानी भएको थियो । रासस 

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.