संसारको सबैभन्दा बाक्लो बस्ती भएको शहर नेपालको भक्तपुर रहेछ । काठमाडौंको भित्री शहर सबैभन्दा जोखिमपूर्ण बस्तीमा गनिंदो रहेछ । हामीले हमेशा चर्चा 'भूकम्पीय जोखिमको मात्र गर्यौ, तर आज डरलाग्दो जोखिमको अर्को रुप आगलागी पनि हो, भनेर ठमेल आगजनीले प्रमाणित गरेर देखायो।
राजधानीको मुटु ९ घण्टा जलिरहँदा राज्य "रोमको राजा निरो" झै देखियो । त्यति बेला हाम्रो दमकलले २ तल्ला भन्दा माथिको आगोमा पानी पुर्याउन नसकेपछि, जुटेका पानी ट्याङकरले बाटो जाम गरेर आफैंमा अल्मलिरहँदा, अन्धाधुन्धैमा अरबौको सम्पत्ति खरानी बन्यो ।
आखिर राज्यले बीमा दाबी मार्फत, बैंकको कर्जा मिनाहा मार्फत वा क्षतिपूर्ति मार्फत धेरै गुमाउने छ, यसको मतलव हामी सबैलाई ठूलो घाटा परेको छ । म सोच्थेँ, न्यूयोर्कमा एउटा घरको कुनै कोठामा धुँवा मात्र देखिएर कसैले ९११ मा फोन गर्यो भने करिब २० वटा जति दमकल, एम्बुलेन्स र पुलिसको गाडीहरुले किन यस्तरी घरेर स्वाङ् पारेका होलान् यी अम्रिकानेहरुले, भन्ठान्थे! आखिर यसका धरै सकारात्मक पाटोहरु रहेछन् ।
ती दमकल विभिन्न आकारका हुँदा रहेछन् । ५० देखि १०० फिट सम्मका भर्याङ भएका दमकलहरु हुँदा रहेछन् । फायर फाइटर भनेर आगो निभाउनेहरुलाई इज्जतको शब्द प्रयोग गर्दा रहेछन्। दमकललाई र फायर फाइटरलाई पुलिसले पनि प्राथमिकता दिँदा रहेछन् । दमकल हरेक सहरमा हुँदा रहेछन् हाम्रो जस्तो ललितपुरबाटै बोलाउनु पर्ने होइन रहेछ ।
फायर फाइटरको आचार संहिता चर्को हुँदो रहेछ, मर्नै परेपनि पछाडि नहट्दा रहेछन् । टुइन टावरमा आक्रमण हुँदा मात्र ३४७ जना फायर फाइटरले ज्यान गुमाएर रहेछन् ।