मध्यरातमा
जनताको सपना भंगगर्दै
घुम्ने मेचमा जम्न खोजेथे
लालध्वज रुपी बाबुराम ।
शीतल दरवारबाट
काम चलाउको पत्र थमाउँदै
सम्माननीयले बनाएथे
उनैलाई जिल्लाराम ।
काम चलाउको
मोजमा बसेको ठानी
सर्वोच्चका श्रीमानलाई सारेर
आफ्नै अध्यक्षले बनाएथे
उनलाई झल्लुराम।
विधिको कस्तो विडम्वना
संविधान बनाउन
अनुभवीको खोजी हुँदा
सबैतिरवाट जिल्लिएका डाक्टरसाप
आफै नै भए रे ठण्डाराम।
प्रकाशित मिति: 2014-02-21 09:35:46