गगन थापा र विश्वप्रकाशहरुलाई चिठ्ठी !

  • Get News Alerts

प्रिय गगन थापा र विश्वप्रकाशज्यूहरु,

गरिब, विपन्न, अशिक्षित, बेरोजगार, स्वास्थ्य उपचार नपाउनेको वस्ति खोटाङबाट सम्झिएको छु, नमस्कार! जय नेपाल! नेपाली कांग्रेसको राजनीतिबाट देशलाई बदल्छु भन्ने तपाईंहरु कांग्रेस भित्रका आशा र भरोसाका पुञ्ज हुनुहुन्छ, चम्किला नक्षत्र हुनुहुन्छ। तपाईंहरुको विषयमा सधैं यस्तै लेख्न पाऊँ, यस्तै सोच्न पाऊँ। भविश्यको गर्भमा स्खलित हुनुहुने छैन भन्ने गहिरो विश्वास लिएको छु।
धेरै प्रश्नहरुले उद्वेलित हुँदै, आशा र निराशाको मजाधारबाट यो चिठी लेख्दै छु।

मलाई आजका दिनमा पुराना राजनीति दलका काम गर्ने तौरतरिकाबाट आधुनिक र सम्पन्न देशको निर्माण हुन सक्दैन भन्ने वहस आगोसरी दन्किरहेको बेला म कांग्रेसकै सदस्य भएर बसिरहनु पर्ने कारणहरु भनिदिनुहोस् न।

यो प्रश्न मेरो मात्र होइन। मेरो उमेर पुस्ताका धेरै कांग्रेस र कांग्रेससँग साक्षात्कार गर्न चाहने नेपालीको पनि हो।

क्षमा गर्नुहोला, म कांग्रेसको सदस्य भएका कारण कांग्रेसको गर्विलो इतिहास र शक्तिशाली बर्तमानको विषयमा निश्चय पनि अनभिज्ञ छैन। सँगै देशको समृद्ध भविश्यको राजमार्ग आजको विद्यमान कांग्रेसको काम गर्ने सोच र शैलीले सुनिश्चित गर्न सक्दैन भन्ने कुरामा पनि अनभिज्ञ छैन। नेतृत्वका लक्ष्यहरु सधै आफू केन्द्रित मात्र छन्। सत्ता र शक्ति जोगाउन मात्र नेतृत्वको प्राथमिकताको विषय बन्छ। नेतृत्वसँग न इमान–जमान छ, न विधि र प्रकृया छ, न सपना र कल्पनाशिलता, न समस्याहरुको समाधान गर्नसक्ने कार्यकौशलता छ। त्यसैले महोदयहरु, मेरा अघि देश फेर्नका लागि भनेर कांग्रेस फेरिन्छ कि फेरिदैन भन्ने प्रश्न खडा भएको छ।

भनिदिनु होस्, रवीन्द्र मिश्रले देश फेर्छु भनि बीबीसीको सुविधा, प्रतिष्ठा र पैसा छाडे, हामीले कांग्रेस छाडिरहनु पर्छ या पर्दैन?

बिपी कोइराला जस्ता उच्च नैतिक आर्दश, अन्तर्राष्ट्रिय ‘एरेना‘ मा स्थापित र पराक्रमी व्यक्तित्वको जगमा निर्माण भएको नेपाली कांग्रेस आजका दिनमा न्यूनतम कुराहरुको समाधान दिन नसक्ने अवस्थामा ओर्लिएको छ। मधेश संविधान घोषणा पश्चात निरन्तर आक्रोशमा छ।

अन्धराष्ट्रवाद र राष्ट्रियताको हुरीले देश आक्रान्त छ र अन्तर्राष्ट्रिय सम्बन्धहरु सुखद छैनन्। तर पनि कांग्रेसले यी महत्वशाली र गम्भीर विषयलाई सन्तुलनमा ल्याउन ठोस धारणा र कदम अख्तियारी गरेन।
आज नेपाल मधेश, पहाड, हिमाल, जात, धर्म, संस्कृति, क्षेत्र र छिमेकी देशको नाममा बेजोड ढंंगले चिरा–चिरा छ। यी विभाजनका रेखाहरु मेटाउने विषयमा कांग्रेसले छाता दृष्टिकोण र छाता अभिभाकत्व लिनुपर्छ कि पर्दैन? मलाई भनिदिनुहोस्, बिपी कोइराला, कृष्ण प्रसाद भट्टराई, गणेशमान सिंह र सुवर्ण शमशेरहरुको नाम मात्रै सम्झदा श्रद्धाले शिर झुकाउन मन लाग्छ, गर्वले छाति फुक्छ। त्यसको ठीक उल्टो अहिलेको नेतृत्वलाई सम्झिदा किन मनभरि तिरस्कारको पहाड निर्माण हुन्छ? किन लज्जावोध हुन्छ?

सिंगो पार्टीलाई देश र समयको चाहनाअनुसार नलगेर आफ्नो आवश्यक्ता र चाहनाअनुुसार हिँडाउन खोज्ने नेतृत्व निन्दनीय र भत्र्सनीय नै हुन्छ। पार्टीले समाजलाई डो¥याएर हिड्नुपर्नेमा समाजनै अगाडि बढीसक्दा पनि पार्टी बेपरवाह र बेमतलव छ। सुरको र इमानको राजनीति एकादेशको कथा भएपछि देशले पाउने ब्यथा मात्र हा । कृपया, अब मेरो पुस्ताले यो कुरा सहने र स्वीकार्ने धैर्य राख्न सक्दैन।

सन् २००४ मा डेमोक्रयाट पार्टीका राष्ट्रपति पदका उम्मेद्वार जोन केरिलाई कसैले इलनोई राज्यको विधानसभा सदस्य बाराक ओवामाका बारेमा ज्यादै प्रतिभा वान र प्रखर छन् भन्ने सुनाए। त्यसकोलगतै शिकागोमा ओबामासंग भेटेपछि केरि प्रभावित भए र ओबामाको उम्मेदवारी अनुमोदन गराउन अग्रसरता लिदैं ओबामालाई ‘कि नोट स्पिकर‘ बनाए। केरिले भने जर्ज डब्लु बुससंग पराजित हुनु प¥यो। अन्ततः ओबामा राष्ट्रपति भए। ओबामालाई अवसर दिने केरी ओबामाको दोस्रो कार्यकालमा उनको मन्त्रीमण्डलमा मन्त्री थिए।

अब भनिदिनु होस्, यो हैसियतको उच्च राजनैतिक परिपाटी र ठूलो छातिको अभ्यास कांग्रेसभित्रको राजनीतिमा उदाउँछ कि उदाउँदैन?

सैयौं कमजोरीले असक्षम प्रमाणित गरिसक्दा पनि पटक–पटक आफै नेतृत्वमा नै वसिरहनु पर्ने कारण के? हार्वड, लन्डन स्कुल अफ इकोनोमिक्स र अष्टे«लियन नेशनल युनिभर्सिटी पढेका, चीनसहित विभिन्न देशको बैदेशिक लगानी नीति निर्माणमा सहयोग गरेका, संसारको मानव विकास प्रतिवेदन सहलेखन गरेका, विश्व बैंकको अमेरिकीस्थित मुख्यालयमा वरिष्ठ अर्थशास्त्रीका रुपमा काम गर्दै गरेका युवा अर्थशास्त्री डा. स्वीर्णम वाग्ले आफ्नो वार्षिक करोडौं आम्दानी छाडेर कांग्रेसको राजनीति मार्फत देश बदल्छु भनि नेपाल फर्र्र्किए। तर उनलाई योजना आयोगमा लगेर थन्काइयो। नेतृत्वबाट किन वाग्ले वा रामेश्वर खनाल जस्तालाई पार्टीको प्रत्यक्ष राजनीतिमा ढोका बन्द गरिन्छ तर अपराधिक पृष्ठभूमि भएकासम्मलाई ताम–झामका साथ पार्टीमा प्रवेश गराईन्छ?

गगन थापा र विश्वप्रकाशज्यूहरु,
दोस्रो विश्वयुद्ध पछाडि एसियाकै नौवटा देशहरुले आर्थिक क्रान्ति गरिसक्दा कुशासनका कारण हामी अल्पविकसित, विपन्न राष्ट्रकै नागरिकको हैसियतमा छौं। मेरो पुस्ताले ब्यग्ररुपमा मुलुकलाई समृद्ध राष्ट्रको रुपमा देख्न र भोग्न चाहेको छ। नेतृत्वको इच्छाशक्ति, इमान्दारिता, नैतिक आचरण, आत्मविश्वास र पूर्णलगावले धेरै देशले एकै पुस्तामा आर्थिक विकासको उत्कर्स छोएका छन्। सिंगापुरलाई लि क्वान येउले आफ्नो शासनकालमा झण्डै चालिस÷वयालिस वर्ष अगाडिको माझिगाउँलाई आज विश्वस्तरीय देश सम्भव बनाए।

सपनाशील र प्रतिवद्ध नेतृत्वले चाहे हरेक कुरा सम्भव छन्। देशको समृद्धि र विकासको विषयमा महत्वकांक्षाको उडान नलिने कांग्रेसबाट मेरो पुस्ता पे्ररित हुनै सक्दैन। मेरो सचेत पुस्ताले बुझेको छ, हिजो कै सामन्तवाद र हैकमवादको शैलीमा प्रधानमन्त्री, मन्त्री, पार्टी सभापति या विभिन्न आवरणमा ठाउँठाउँमा गएर दिइने उत्तेजित भाषणले देश समृद्ध नहुने कुरा, देश नफेरिने कुरा। नेतृत्वहरुको अनुहारमा नागरिकहरुको अभावपुर्ण र दुखपुर्ण जिन्दगीलाई सम्झिएर कहिल्यै ‘स्टे«स‘ देखिएन। सम्वेदनाहीन र करुणाहीन नेतृत्व मेरो पुस्ताले स्वीकार्न सक्दैन।

अस्ति भर्खरै आफ्नो विदाइ भाषणमा पूर्वराष्ट्रपति ओबामाले अहिले पनि अमेरिकाको ठूलो समस्या नागरिकहरुको गरिबी रहेको र त्यो नै अमेरिकाको ‘डेमोक्रेशी’ को प्रमुख चुनौती रहेको कुरा पटक पटक दोहो¥याएका थिए। विडम्वना, हाम्रो जस्तो गरिबीले चारैतिर जकडिएको देशमा नेतृत्वले यो विषयलाई कहिल्यै गहिरोगरी लिएन। चरम गरिबी देशको राष्ट्रियता र लोकतन्त्रको चुनौती हुनसक्ने कुरामा ब्याख्या र विवेचना गरेन।

सम्वृद्धिको प्रस्थानविन्दु अहिलेका राजनीतिक पार्टी वा नेतृत्व परिस्कृत हुनु या नयाँ राजनीतिक पार्टी वा नेतृत्व जन्मनुनै हो भन्ने निश्चित भैसकेपछि देशलाई नयाँ युगसँग जोड्ने र निर्माण गर्ने विषयमा आज कांग्रेसलाई आफ्नो काम गर्ने पुरानो सोच र पुरानो संस्कृतिबाट आधुनिक सोच र आधुनिक संस्कृतमा रुपान्तरण नगरि बसिरहने सुविधा नै छैन।

प्रश्न यति मात्र हो कि, मेरो पुस्ताको अपेक्षा र सम्भावनाको सार्थक परिणामको वाहक बन्न कांग्रेस नयाँ ‘फर्म्याट‘ मा रुपान्तरित हुन्छ कि हुदैन? सानेपाको पार्टी कार्यालयमा समाज र देशको विषयमा विज्ञहरु, पार्टीका नेता तथा कार्यकर्ताको उपस्थितिमा लगातार छलफल, बहस र चिन्तन जस्ता सृजनशील क्रियाकलापको विकास हुन्छ कि हुदैन? नेतृत्व गुट–उपगुट र घात–प्रतिघातबाट फर्किएर सामुहिक स्वार्थ र कांग्रेसको शक्ति विकासमा लाग्ने कि नलाग्ने? क्षमतावान जोकोहिले पनि नयाँ पुरानो नभनिकन पार्टीमा काम गर्ने अबसर प्राप्त गर्छन कि गर्देनन्?

त्यसैले महोदयहरु कांग्रेस इतिहासको ब्याजमा रमाएर नयाँ युगको द्योतक बन्न सक्दैन।

 

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

Hyundai

किनमेल

vianet

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • नेपाली फोटोपत्रकारिताका बारेमा मेरो कुरा नेपाली फोटोपत्रकारिताका बारेमा मेरो कुरा

    नेपाली फोटोपत्रकारिता भनेजस्तै विकास र उन्नति नहुनुमा नेपाली फोटो पत्रकारहरुले जति सुन्दर तस्बिर कैद गर्छन् त्यस्तै अनुरुपमा फोटो क्याप्सन (फोटो विवरण) नलेखेर हो। उनीहरुलाई लाग्छ कि लेख्नु भनेको लेखक पत्रकारहरुको काम हो। त्यसैले त्यो लेखाइ गलत भैदिन्छ जब क्याप्सन लेखकले फोटोपत्रकारको नजरले हेर्न सक्दैन।

    दीपेन्द्र बज्राचार्य

  • काठमाडौंमा म कसलाई मतदान गरौं काठमाडौंमा म कसलाई मतदान गरौं

    काठमाडौं! आफैं भित्र के छ? अवस्य नै धेरै छ। काठमाडौं मेरो लागि धेरै हो। यसलार्इ राम्रो बनाउन प्रतिज्ञा गर्ने र परिवर्तनका सम्वाहक बन्न खोज्ने मानिसहरूका लागि पनि यही नै सत्य हो, कुनै पनि व्यक्तिका लागि उसको नाम नै सबैथोक हो। काठमाडौंका लागि त्यो अझ बढी हो। तपाईँ आफूलार्इ विवेकशिल वा एमाले, काँग्रेस, माओवादी, साझा, हाम्रो यो वा त्यो अन्य दर्जनौं नामले पुकार्नुहोस्, के तपाईँको काठमाडौं वास्तवमै मेरो भन्दा फरक छ? तिनीहरू भन्छन् कि युवाहरू तेज, लचिलो र दिन चाहने हुन्छन्। तर नेपालका नयाँ राजनीतिक पार्टीहरूलार्इ के भएको छ, मलार्इ थाहा छैन । कुनै पनि नयाँ राजनीतिक पार्टीसँग जित्नका लागि चाहिने कोष, युवाहरूको सहयोग, अनुभव जस्ता सबै कुराहरू पर्याप्त छैनन्। के हामी सबै मिलेर एउटा समूह बनाउन सक्तैनौं जहाँ हामीसँग पर्याप्त कोष, कार्यान्वयन गर्न सक्ने युवाशक्ति र बौद्धिक वार्ताकारले भरिपूर्ण रहुन् अनि त्यहाँ उत्कृष्ठताका लागि फरक हुन सक्छ।

    सुमना श्रेष्ठ

  • फेसबुकमा मात्र हैन, आमालाई मनमा पनि सजाउने कि? फेसबुकमा मात्र हैन, आमालाई मनमा पनि सजाउने कि?

    यसको अर्थ यो नमानौं कि आमाको फोटो फेसबुकमा राख्न पनि नपाउने? पक्कै पनि पाउने। तर आफूले आमालाई कतिको माया गर्छु, बिरामी पर्दा कतिको हेरचाह गर्छु, बृद्ध अवस्थामा कतिको माया र स्नेह गरेँ, आमालाई मिठो मसिनो खान दिएँ कि दिईन लगायतका कुराहरु ख्याल गरेका छौं? एकपटक स्मरण गरौं, हामीमध्ये कतिले फेसबुकमा धेरै खाले ‘क्याप्सन’ सहित तस्बिर राखेका आमाहरु कति बृद्धाश्रममा होलान्, कति खान नपाएर रत्नपार्कमा हात फैलाउन बाध्य होलान्, कति उपचार खर्च नभएर अस्पतालमा जीवन र मृत्युको दोँसाधमा लडिरहेका होलान्।

    गोबिन्द मरासिनी

साहित्यपाटी

  • आमा आमा

    रगतको थोपा थोपा सिन्चित गरेर  आफू भित्र लुकायौ  शारीरिक परिवर्तनसँगै  जाग्राम बसेका  मातृ उमंगहरु  दिन अनि महिना गन्दै...

    मिरा प्रसाई

  • माता तिर्थ औँसी माता तिर्थ औँसी

    लंके दिनभर र्याली र भाषणमा ब्यस्त रह्यो। साँझपख लखतरान परेर पार्टी कार्यलय पुग्यो। कार्यालयको वाइफाइ अटो-कनेक्ट हुनासाथ मोबाइलमा नोटिफिकेसन बज्न थाल्यो। उसले फेसबुक खोलेर हेर्यो। ओहो! आज त आमाको मुख हेर्ने दिन पो रहेछ। आफुसँग दिनभर सँगै हिंडेका मने, रिखे र यामेले फेसबुकमा आमाको फोटो राखेको देखेर ऊ चित खायो। उसले सोच्यो- 'कुन बेला फुर्सद पाएछन यिनेरुले? अनी कहाँको वाइफाइ पाएछन?'

    सन्तोष पौड्याल

  • र, एउटा एस्ट्रे र, एउटा एस्ट्रे

    निभाउँछु उही एस्ट्रेमा ठुटो चुरोट
    र, प्रश्न गर्छु आफैलाई
    मनभित्र एकान्तमा कतै किन चिच्याउँदैछ बच्चु कैलाश?
    ‘टाढा टाढा जानु छ साथी, एकफेर हाँसीदेऊ’

    भोलि त सबेरै छोडेर जानु छ।

    सौरभ कार्की

पाठक विचार

  • किशोर थापाजीलाई खुलापत्र

    राजनितिमा भर्खर प्रवेश गरेकी रन्जुलाई मेयर पदमा निर्वाचित गराएर उनीलाई मार्गदर्शन गर्ने भूमिकामा तपाई रहनु भयो भने निश्चय नै नेपालको राजनैतिक इतिहासमा यो एउटा नयाँ प्रयोग हुनेछ। अरुले पनि यसबाट पाठ सिक्ने छन्। नयाँ पुस्तालाई राजनितिमा स्थान दिन यो कोशेढुंगा साबित हुनेछ। मलाई के पनि विश्वास छ भने वैकल्पिक राजनैतिक शक्ति खोजिरहेका काठमाण्डौबासीहरुले तपाईहरुलाई अवश्य विजय गराउने छन्।

    डा. शैलेन्द्र सिग्देल

  • नयाँ वर्ष प्रण

    रित्तो बोतल र खाली शिशाहरूले सामुहिक आत्महत्या गरे। ऊ परऽऽको एक कुनामा हेर त? एक थुप्रो लासहरू जस्तै डंगुर लडिराछ।   चीत्कार तिरस्कार अपहेलना बित...

    इन्द्र थेगिम

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट