coke Skip Ad >>

प्रधानमन्त्रीज्यू, चुरेभूमिलाई मरुभूमि नबनाईयोस्!

चुनाव
  • Get News Alerts

मेरो देश नेपालको बारेमा कसैलाई वर्णन गर्न पाउँदा मेरो छाति गर्वले फूल्छ। सुन्नेहरू चाख मानेर मेरो हिमाल र मेरो पहाड़ अनि तराईका कथा सुन्छ, मेरो देशका धरोहरहरु बारे सुनेर एकैछिन् हराउँछन् अनि अन्तमा प्राय: सबैले मलाई सोध्छन् : हे म्यान, ह्वाई आर यु हियर?

म यतिन्जेलसम्म ठडिएको मेरो शिर अनायास झुकाउँछु र कुरो अन्यत्र मोड्छु । किनकी मेरो देशको म बदख्वाई र नकारात्मक कुराको प्रचार म किमार्थ गर्दिनँ।

म कसरी भनूँ मेरो देश चक्रै चक्रको कुचक्रमा फँसेको छ भनेर, म कसरी भनूँ मेरो देश केही मुठ्ठीभर मान्छेहरुको र दलदासहरुको चंगुलमा फँसेको छ भनेर, म कसरी भनूँ स्वार्थको राजनीतिको रापमा देश भत्भति पाकिरहेको छ भनेर ! कसरी भनूँ यहाँ राज्यका अंग अंगमा दलका दासहरुले योग्यता हैन चाकरीको भरमा नोकरी पाउँछन् भनेर ! त्यसैले जब जब अमेरिकीहरुले 'ह्वाई आर यु हियर' भन्छन् तब तब म त्यही नोष्टाल्जियामा हराउँछु । अनि आफैले उठाएको सवाललाई बिषयान्तर गर्छु ।

देश सामाजिक र साँस्कृतिक रुपमा त मरुभूमि बनेकै थियो तर खबरहरु हेर्दै जाँदा सरकारको तयारीले तराईको चुरे क्षेत्र पनि भौगोलिक रुपमै मरुभूमि बन्ने भयों भन्ने चिन्ताले मलाई सतायो : सरकारले भारतलाई ठूलो मात्रामा ढुंगा गिट्टी र बालुवा निकासी गर्ने रे ! मलाई आशा छ यो ख़बर सत्य नहोस् ।

तराईका शहर र शहरोन्मुख गाउँका खेतीयोग्य ज़मीन  यसैपनि जग्गा प्लटिङ्गले खचाखच छन् ।  युवाहरु निर्यात गरेर हामीले प्लटिंगमा पैसा खन्याईरहेका छौँ, कंक्रिटको जंगल बनाउने पूर्वअभ्यास गरिरहेका छौं । बिहान बेलुका खाने गासको लागि बार्षिक अरबौँको त चामल मात्रै आयात गरिएछ, फलफूल देखि अन्य कृषि जन्य उपजको त कुरै छोडौँ , त्यस्तो बेला नेपालबाट कमसेकम ढुंगा गिटी र बालुवा त निकासी हुन्छ भन्दा एउटा साधारण ख़ुशी त होला तर यही एउटा खुशी हात लगाउँदा हाम्रै चुरेको भविष्य कहाँ जाला ?

२०७१ साउन  १ देखि शुसील कोईराला सरकारले गरेको ढुंगा, गिट्टी र वालुवाको निकासीमा लगाईएको रोक वर्तमान सरकारले फुकाउने तयारी गरिरहेको भन्ने ख़बर सुनेपछि यस्तो लाग्यो: नेपालको राजनीति देश बिकास गर्न होईन भारतको बिकास गर्न संचालित छ । देशको पर्यावरण देखि भविष्य जोडिएको यति सम्बेदनशील कुरामा सरकारी अधिकारीहरु किन ज़िम्मेवार हुन नसकेका होलान् ?

अहिले पनि देशका मुख्य नदीनाला भारतको खटनमा छन्, देशका साँस्कृतिक धरोहरमा भारतकै गिद्दे दृष्टि छ, सरकार बनाउने र ढाल्नेमा भारतकै हात छ, देशका नेताहरु भारतकै एजेण्डा लिएर चल्ने गर्छन्, अनि यहाँ भएका प्राकृतिक सम्पदामा भारतले किन आँखा नलगाओस, हाम्रो संबिधानमा त भारतकै खटन चल्छ ।

हामी आर्थिक समृद्धिका कुरा गर्छौ, राज्य पुनर्संरचनाको कुरा गर्छौँ तर देशको दीर्घकालीन हितको कुरा बिर्सिन्छौँ अनि त्यसको फाईदा भारतले लिन्छ, लिईरहेको छ । जानेर नजानेर हाम्रा सरकारहरु भारतले तयार गरेको बलीको बोको बनिरहेका छन् , सामान्य प्रश्न छ : उसका सीमावर्ती शहर हाम्रो गिट्टी बालुवा र ढुंगाले मात्र बन्छन भने हामीले यो सिमीत प्राकृतिक स्रोत सकिएपछि के गर्ने ? अहिले तराईमा भूमिगत जलस्रोतको अवस्था भयावह छ, जंगल फँडानी, भूक्षय र प्लटिंग अनि ठूला ठूला एक्साभेटर प्रयोग गरी नदीबाट ढुंगा बालुवा र गिट्टी निकाल्दै गए कतिन्जेल बाँकी रहला ?

यसै पनि चुरे क्षेत्र प्राकृतिक प्रकोपको जोखिममा छ । बर्षेनी लाखौँ टन मलिलो माटो बगेर भारततिर गईरहेकै छ, यही क्रममा माटो बग्ने हो भने नेपालको छाती चुरे क्षेत्र भोलि मरुभूमिमा परिणत हुने छ त्यस माथि ठूलो संख्यामा ओसार्ने हो भने त त्यो रित्तिन कति समय लाग्ला र ?

अझ त्यत्रो ठूलो भूगोल भएको भारतलाई हाम्रो प्राकृतिक स्रोत निर्बाध रुपमा ओसार्न दिने हो भने त्यसको आडमा हुने अवैध ओसार पसार, बन्यजन्तु तथा काठको तश्करी तथा अन्य वातावरणीय असरको शिकार हामी हुनेछौ । एक दशकको द्वन्दमा मासिएका हजारौ पूर्वाधार तथा आगामी पूर्वाधार निर्माण गर्दा हामीलाई चाहिने यी अनविकरणीय सम्पदा त्यो बेला कहाँ खोज्ने ?

त्यो बेला 'घ्यू न तेल पका बूढी सेल' भनेजस्तै हुनेछ । हामी फेरि परनिर्भर हुनेछौ ।

तसर्थ हाम्रो प्यारो चुरेको छाती निचोरेर भोलि हाम्रो नयाँ नेपाल निर्माण गर्न चाहिने अमूल्य सम्पदा कौड़ीको मूल्यमा बेचेर भयानक गल्ती नगरियोस्, हाम्रो चुरेभूमि भोलि मरुभूमि नबनाईयोस् । कसैलाई खुशी पार्न हामीले हाम्रो छाती खोस्रेर दिए हाम्रा सन्ततिले भोलि के पाउने ? सरकारले बेलैमा सोचोस ! हामी अहिलेलाई आत्मनिर्भर भएको एउटै मात्र क्षेत्र यही हो यो पनि गुमाउने धृष्टता नहुँदै नागरिक समाज पनि चनाखो हुनुपर्छ ।

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

Hyundai

किनमेल

vianet

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • अमेरिकामा तालिम अमेरिकामा तालिम

    (तिब्बतबाट नेपाल आएपछि गोम्पोले पुनः विवाह गरे। सन् २००८ मा पनि मैले उनलाई भेटेको थिएँ। तिब्बती संस्कारमा मृतक व्यक्तिको नाम नभन्ने चलन छ। त्यो कुरा मलाई त्यतिबेलासम्म थाहा थिएन, थाहा भएको भए सोध्ने पनि थिइनँ। तिब्बती संस्कार थाहा पाएपछि मैले तिब्बतीसँग कुरा गर्दा नाम बताउन मिल्ने भए मात्र बताउनु होला भन्ने गरेको छु। गोम्पोले मृतक आमा र छोरीको नाम बताउँदा आँखाभरि आँसु लिएका थिए। मैले उनको पुरानो घाउ कोट्याएर दुःख दिएँ। मेरै कारण टलपलाएको थियो गोम्पोको आँखामा आँसु। क्षमा गर साङ्गे गोम्पो!)

    श्रीभक्त खनाल

  • कांग्रेस नेता विश्वप्रकाश शर्माको केपी ओलीलाई पत्र-किन छोड्नु भएको त्यो झापा? कांग्रेस नेता विश्वप्रकाश शर्माको केपी ओलीलाई पत्र-किन छोड्नु भएको त्यो झापा?

    म फेरि भन्छु हामी झापाली हुनुभन्दा अघि नेपाली हौं। नेपालको हित हुनसके झापाको पनि हित भइ हाल्छ। तर, हाम्रो सपनाको नेपाल भनेको सबै नेपाली काठमाडौंको भूगोलमा थुप्रने भन्ने होइन। आ-आफ्नो जिल्ला र गाउँ बनाउन दत्तचित्त हुनु भनेको पनि नेपाल बनाउन योगदान गर्नु हो। एक ‘राजनेता’ हुनुको हैसियतमा तपाईँको ब्यक्तित्वले शहरलाई होइन गाउँलाई केन्द्र बनाउन अपिल गर्नुपर्दथ्यो। गाउँको माटोलाई छाडेर शहरको धुलोमा देश खोज्न निरुत्साहित गर्नु पर्दथ्यो। कमरेड आफ्नै पिताजीलाई शोध्नुस् किन उहाँलाई प्रधानमन्त्री छोराको बालुवाटारमा भन्दा झापा गाउँको बालुवा र धुलोको बसाइ उचित लाग्यो?

  • उड्न त उडेँ तर, गुँड फर्किएको छैन उड्न त उडेँ तर, गुँड फर्किएको छैन

    मलाई सबैभन्दा बढी आनन्द चराहरू खिच्दा मिल्छ। यिनै चराहरूले मलाई सम्झाइरहन्छन् कि, म उड्न त उडेँ तर, गुँड फर्किएको छैन। चराहरूले पनि बसाइ सर्छन्। सबै चराहरूको फर्किने ठेगाना हुँदैन। सिमाना नै नभएका चराहरूसँग पनि जीवन संघर्षका कथाहरू छन्। आफूलाई बोकेको डुंगा पल्टिँदा जसरी मर्छन् हरेक दिन शरणार्थीहरू, चराहरू पनि आकाशबाटै फुत्त झर्छन् धर्तीमा आफ्नो जीवनको गती गुमाएर।

    निष्प्रभ सजी

साहित्यपाटी

पाठक विचार

  • राजीनामाले उज्यालियो दाहालको छवि

    लोडसेडिङ अन्त्य, ओबरमा हस्ताक्षर, फास्ट ट्रयाक लगायतका राम्रा काम दाहाल नेतृत्वको सरकारले अघि बढाएको छ। तिनको सह्राना गर्न कन्जुस्याईं गर्न हुँदैन। मुख्य कुरा यदि दाहालको राजीनामाभित्र कुनै भित्री खेलहरु सम्मिलित छैनन् भने उहाँको यो कदम अत्यन्त प्रशंसनीय छ। साथै दाहालले आफ्नो कद उँचो गर्ने अवसर सहर्ष सदुपयोग गर्नुभएको छ। वचनमा ढुक्क बन्न नसकिने मानिस भनेर चिनिने उहाँको छवि उजिल्याएको छ।

    कल्पना भट्टराई

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट